२०८३ साउन ९ शनिबार

अन्ततः अर्थमन्त्री शर्माले दिए राजिनामा, राजीनामा दिनुअघि मन्त्री शर्माले संसदमा के–के भने ?

ई आर्थिक    बुधबार, असार २२ २०७९
3.6K
Shares
अन्ततः अर्थमन्त्री शर्माले दिए राजिनामा, राजीनामा दिनुअघि मन्त्री शर्माले संसदमा के–के भने ?

ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बजेट निर्माणको सिलसिलामा सीसीसीटिभीको फुटेज डिलिट गरेको विषयमा छानविन गर्न सहज र सहयोग गर्न भन्दै उनले अर्थमन्त्री पदबाट राजिनामा दिएका हुन ।

राजिनामा दिनुअघि शर्माले आफूलाई सीसीसीटिभीको फुटेज डिलिट गर्न नआउने दाबी गरेका छन् ।

बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराएको भन्दै विवादित बनेका शर्माले बुधबार प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै आफूले अर्थ मन्त्रालयको सीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका हुन् ।

आफूमाथि लागेको आरोपको खण्डन गर्दै उनले भने, ‘मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन। यसको ज्ञान पनि छैन मसँग,‘यो प्राविधिक कुरा हो, प्राविधिकले जान्ने विषय हो। गलत प्रचार गरियो।’

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागेको छ।

पछिल्लो १३ दिनको मात्र फुटेज रहने र बाँकी आफै मेटिँदै जाने अर्थ मन्त्रालयले बताएपछि नियोजित रुपमा डिलिट गरिएको आरोप पनि अर्थमन्त्री शर्मामाथि लागेको छ।

यस विषयमा छानबिन गर्न बुधबार सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय संसदीय विशेष छानबिन गठन गरेका छन्।

शर्माले आफूमाथि अध्ययन गर्न बनाइएको छानबिन समितिलाई सहयोग गर्ने पनि बताएका छन्। बजेट बनाँउदा आफूले गल्ती नगरेको तर छानबिन गरेर गल्ती पत्ता लगाउन उनले चुनौती दिएका छन्।

उनले भने,‘बजेट बनाँउदा कहाँ सूचना चुहियो, कुन व्यापारीले फाइदा लियो छानबिन गरेर पत्ता लगाइयोस्।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij