२०८३ साउन ९ शनिबार

‘हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याइने’-परराष्ट्रमन्त्री डा. खड्का

ई आर्थिक    बुधबार, असार १ २०७९
4.2K
Shares
‘हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याइने’-परराष्ट्रमन्त्री डा. खड्का

ई–आर्थिक, काठमाडौं । हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याइने परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाउनुभएका विषयबारे जवाफ दिनुहुँदै मन्त्री खड्काले प्रादेशिक उद्योग उत्पादनलाई प्रबर्द्धन गर्न निजीकरण गरिएको हेटौँडा कपडा उद्योग र बन्द रहेका सार्वजनिक क्षेत्रका उद्योगहरु सम्भाव्यतताको आधारमा पुनः सञ्चालन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

उद्योग प्रतिष्ठानको जग्गा बिक्री गर्ने गरी हाल कुनै पनि संस्थानको निजीकरण प्रक्रिया अघि नबढाइएको जानकारी उहाँले दिनुभएको छ ।

उहाँका अनुसार नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारका तर्फबाट प्रधानमन्त्री राष्ट्रिय उत्पादन तथा उपभोग कार्यक्रमलाई एक दशकसम्म सञ्चालन गर्ने गरी आगामी आर्थिक वर्षका लागि तीन अर्ब ४५ करोड प्रस्ताव गरिएको छ ।

नेपालका विभिन्न ९२ स्थानमा रहेका खानीहरु सञ्चालन गरी ढुङ्गा, गिट्टी, बालुवालगायतका पुनर्निर्माण सामग्री आपूर्ति गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

दैलेखमा पेट्रोलिम पदार्थको उत्खनन् कार्य अगाडि बढाइएको र धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनौट गर्न मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो । आगामी २०७९/०८० मा उत्खनन्को कार्य अगाडि बढाउन बजेट व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij