२०८३ साउन ९ शनिबार

मतदाता बोकेर बाजुरा जाँदै गरेको बस दुर्घटना हुँदा ३० जना घाइते, एक जना गम्भीर घाइते

ई आर्थिक    बिहिबार, बैशाख २९ २०७९
3.1K
Shares
मतदाता बोकेर बाजुरा जाँदै गरेको बस दुर्घटना हुँदा ३० जना घाइते, एक जना गम्भीर घाइते

ई–आर्थिक, दिपायल । भोली शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किदै गरेको यात्रु चढेको बस दुर्घटनाग्रस्त भएको छ । उक्त बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । भारत, महेन्द्रनगर तथा कैलालीबाट मतदानका लागि मतदाता लिएर बाजुरा जाँदै गरेको बस डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मालीका यातायातको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान ५ः४५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

बसमा सवार यात्रुहरु निर्वाचनमा सहभागी हुन आ–आफ्नो गाउँ फर्किदै गर्दा बस दुर्घटनामा परी घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइतेहरु मध्ये १६ जनाएको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ भने १३ जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई धनगढीका लागि रिफर गरिएको छ ।

बस दुर्घटनाको कारण खुल्न सकेको छैन । बस चालक फरार रहेकाले चालकको लापरवाहिले बस दुर्घटना भएको हुनसक्ने प्रहरीको आशंका छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij