२०८३ साउन १० आइतबार

मेघ गर्जन र चट्याङसहित वर्षा

ई आर्थिक    सोमबार, बैशाख १९ २०७९
3.2K
Shares
मेघ गर्जन र चट्याङसहित वर्षा

काठमाडौं, वैशाख १९ गते । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ ।

यही प्रभाव रहँदा देशभर हाल आंशिकदेखि सामान्य बदलीको अवस्था छ । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि बदली छ । कतिपय स्थानमा छिटफुट वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदी रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बागमती प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

रातिको समयमा पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।

सोमबार काठमाडौंको अधिकतम तापक्रम ३१ दशमलव ८ र न्यूनतम तापक्रम १५ दशमलव ५ छ । बितेको २४ घण्टामा काठमाडौंमा ५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी धरानमा १५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij