२०८३ साउन १० आइतबार

एमसीसी पास गर्ने सत्ता गठबन्धनको निर्णय

ई आर्थिक    आइतबार, फाल्गुन १५ २०७८
3.2K
Shares
एमसीसी पास गर्ने सत्ता गठबन्धनको निर्णय

ई–आर्थिक, काठमाडौं । सत्ता गठबन्धनले व्याख्यात्मक घोषणासहित संसदबाट विवादित एमसीसीलाई पास गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।

निर्णय सार्वजिनक गर्न गठबन्धनका नेताहरु लागिपरेका छन्। घोषणाको ड्राफ्टलाई अन्तिम रुप दिने कार्य भइरहेको बताइएको छ। सत्ता गठबन्धनको निर्णयसँगै एमसीसी सम्झौता संसदबाट पास गर्ने बाटो खुलेको छ ।

कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाक्रीलगायतका दोस्रो तहका नेताले घोषणा तयार गरिरहेका छन् ।

गठबन्धनको निर्णयसँगै उक्त घोषणा आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । संसद बैठकको कार्यसूचीमा एमसीसीबारे सैद्धान्तिक छलफल गर्ने उल्लेख छ ।

एमसीसी सम्झौता फागुन ८ गते संसदमा टेबुल भएको थियो । त्यसपछि बिहीबार र शुक्रबार बोलाइएका दुई बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा स्थगित गरिएको थियो ।

सत्ता गठबन्धनले निर्णय गर्नुअघि माओवादी केन्द्रले समेत व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पास गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij