ई–आर्थिक, बुटवल । पाल्पामा मलामी सवार बस दुर्घग्रस्त भएको छ । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको सो बस दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी ७ जना घाइते भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन । मृतकको सनाखत भइसकेपछि नाम सार्वजानिक गरिने प्रहरीको भनाई छ ।