२०८३ साउन ९ शनिबार

चिसो बढेसँगै सबै क्षेत्र अस्तव्यस्त, हुस्सुका कारण त्रिभुवन विमानस्थलमा उडान ठप्प

ई आर्थिक    शुक्रबार, पौस १६ २०७८
2.7K
Shares
चिसो बढेसँगै सबै क्षेत्र अस्तव्यस्त, हुस्सुका कारण त्रिभुवन विमानस्थलमा उडान ठप्प

ई–आर्थिक, काठमाडौं । देशभर चिसो बढेसँगै सबैजसो क्षेत्र अस्तव्यस्त बनेको छ । कतै हिउ परिरहेको छ भने कतै हिउले यातायात समेत अबरुद्ध भएको छ । काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता १०० मिटरमा झरेको छ ।

भिजिबिलिटी ह्वात्तै घटे पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेको त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयले जानकारी दिएको छ । कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेको टर्मिनल कार्यालयले जानकारी दियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण पनि हुस्सु लागेको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij