ई–आर्थिक, काठमाडौं । अबको राजा मै हुँ भन्दै नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । मानसिक सन्तुलन ठिक नभएको पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीलाई सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो ।
नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार उनले सिसा फुटाएर श्रीपेच निकाल्न खोजेपछि घर्तीलाई नियन्त्रणमा लिइएको हो ।
उनी शुक्रबार बिहान नारायणहिटी अवलोकन गर्ने आएका थिए । केही समय अघि विदेश काम गरेर फर्केका उनी मानसिक सन्तुलन ठिक नभएका व्यक्ती भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।