ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा परेका ३० वटा रिटको आजदेखि सुनवाई सुरु भएको छ । संवैधानिक इजलासमा गरिएको शुक्रबारका लागि बहस सकिएको छ । आइतबार फेरि बस्ने गरी इजलासले उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो ।
शुक्रबारबाट सुनुवाइ थालेको यो मुद्दामा आइतबार पनि बहसले निरन्तरता पाउने छ ।
उक्त इजलासमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास तोकका थियो । पाँच सदस्यीय उक्त संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर आपूm पनि रहेका थिए ।
सो इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा। आनन्दमोहन भट्टराई, तेजबहाजुर केसी, बमकुमार श्रेष्ठ रहेका छन् ।
विघटनपछि ११ वटा रिट संवैधानिक इजलासमा परेको थियो भने अन्य १९ वटा रिट सर्वोच्च अदालतमा परेका थिए । अन्य रिटहरूमा विहीबारको सुनुवाइ प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा पेश गर्न आदेश दिएका थिए ।