ई–आर्थिक, काठमाडौं । कपिलवस्तुको नेकपा (माओवादी) केन्द्रका जिल्लास्तरका नेता दिपक पाण्डेमाथि अज्ञात समूहले गोली चलाएको छ । कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा गएराती अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका छन् ।
गोली लागेर ३४ वर्षीय पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घाइते भएका छन् ।
दिपक पाण्डे सहित ३ जना लु.९ प. ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोलाबाट तौलिहवातिर आउँदै गरेको अवस्थामा उनीमाथि गोली चलेको थियो । भारत घर भएका वर्ष ३६ को मोहम्मद इसाद खानले मोटरसाइकल चलाएका थिए ।
पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले गोली हानेर भागेका थिए ।
ढाठ र पेटमा गोली लागेको पाण्डेलाई उपचारका लागी भैरहवा भेडिकल कजेलमा राखिएको छ । त्यस्तै बायाँ हातको कुममा गोली लागेको अयाजको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।