२०८३ साउन ९ शनिबार

केन्द्रीय सदस्यहरुको माधब नेपाललाई प्रश्न : नगदै चाहिन्छ भन्नुहुन्थ्यो, के पाएर उधारोमा सहमति गर्नुभयो ?

ई आर्थिक    आइतबार, जेष्ठ २ २०७८
9.7K
Shares
केन्द्रीय सदस्यहरुको माधब नेपाललाई प्रश्न : नगदै चाहिन्छ भन्नुहुन्थ्यो, के पाएर उधारोमा सहमति गर्नुभयो ?

ई–आर्थिक, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा केन्दैीय सदस्यहरुले नेतृत्वप्रति गम्भीर प्रश्न उठाएका छन् । बैठकमा बोलेका अधिकांश केन्द्रीय सदस्यहरूले कुनै ठोस सम्झौताबिना चपली हाइट बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग कुन आधारमा सहमति गरेको भनेर प्रश्न गरेका छन् ।

उधारो सहमतिमै नेता नेपालले ओलीको प्रधानमन्त्रीको कुर्सी सुरक्षित गरिदिएपछि झलनाथ–माधब समूहमा अहिले चरम बिबाद उत्पन्न भएको छ । यसको समीक्षा गर्न उक्त समूहले केन्द्रिय कमिटिको बैठक गरिरहेको छ । गएको बैशाख ३० गते प्रधानमन्त्री ओली र नेता नेपालबिच एक ब्यबसायीको घरमा भएको छलफलपछि नेता नेपालले आफ्नो समूहलाई राजीनामा गर्नबाट पछि हटाएका थिए । नेता नेपालको यस कदमले बिपक्षी दलहरु ओलीको बैकल्पिक सरकार निर्माण गर्न असफल भएका थिए । यही कारण ओली संधिानको धारा ७६ को उपधारा ३ अन्तर्गत पुनः प्रधानमन्त्री बनेका छन् ।

०७५ साल जेठ २ गतेको अबस्थामा पार्टीलाई नर्फाएसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई समर्थन गर्न नसक्ने मूल अडान लिदै आएका नेता नेपालले ओलीसँग उधारो सहमति गरेको अधिकाँश केन्द्रिय सदस्यहरुको आरोप छ । संसद बिघटनअघि नै उक्त पार्टीभित्र अन्तरबिरोध उत्कर्षमा पुगेको बेला ओलीले वा उनको प्रतिनिधिले सहमतिका लागि पटक–पटक प्रयास गर्दा नेता नेपाल उधारो आश्वासनले नमान्ने भन्दै नगद नै चाहिने अडान लिन्थे ।

अर्का केन्द्रिय सदस्यले पनि माधब नेपालले आफ्नो समूहलाई कुशलतापूर्बक नेत्तृत्व दिन नसक्दा समूहमा निकै ठूलो क्षति भएको बताए । ‘माधब कमरेडको त नेत्तृत्व क्षमता नै देखिएन । गोकर्ण, सुरेन्द्र, योगेश, भीम रावल कमरेडहरुलाई एक ठाउँमा ल्याउन सक्नुभएन । फलतः हाम्रो टिम तीन स–साना समूहमा बिभाजन हुन पुग्यो ।’ उनी भन्छन् ‘नेत्तृत्वले सबैलाई समेटेर मूल बिषयमा सहमति नगराएका कारण राजनीतिका चाणक्य जस्ता ओलीले बिभाजित समूह–समूहमा छलफल गरेर छिन्नभिन्न बनाई दिए ।’

पार्टी एकतापछि पटक–पटक मौखिक सहमति गरे पनि त्यसलाई अध्यक्षा तथा प्रधानमन्त्री ओलीले कार्यान्वयन नगरेपछि नेता नेपालले आइन्दा ओलीसँग उधारो सहमति नगर्ने अडान लिन थालेका थिए । पार्टी एकीकृत रहदा नेता नेपाल र प्रचण्डले ओलीलाई दुईमध्ये एक पद छाड्नु पर्ने प्रस्ताब गर्दा अर्ली महाधिबेशन गर्ने र त्यसपछि एउटा पद छाड्ने भन्दै अहिले यसैमा सहमति गरेर अघि बढौं भन्ने ओलीको अडान हुन्थ्यो । तत्काल आफ्नो संकट टार्न ओलीले यस्ता सहमति गर्ने तर पछि त्यसप्रति बेवास्ता गर्न थालेपछि नेता नेपालले नै ‘नगद सहमति’ को काइदा निकालेका थिए ।

कतिसम्म भने संसद बिघटनअघि ओलीका तर्फबाट नेता नेपाललाई ६ महिनाभित्र महाधिबेशन गराएर अध्यक्ष र प्रधानमन्त्री दुबै बनाउने तर अहिले प्रचण्डलाई छाडेर पार्टी मिलाउन प्रस्ताब गरियो । यसको बिस्वासका लागि ओलीको किचेन क्याबिनेटको तर्फबाट १० र माधब नेपालको किचेन क्याबिनेटबाट १० जनाले लिखित सम्झौता गरौं भन्ने प्रस्ताबमा थियो । यसलाई पनि नेता नेपालले लिखित भए पनि उधारो हुने हुनाले सहमति जनाएनन् । यसले ओलीलाई संसद बिघटन गर्न बाध्य बनायो । संसद बिघटनपछि नेता नेपाल र प्रचण्ड एकातिर भए र नेपाललाई पनि अध्यक्ष बनाइयो । यसप्रति ओलीले एउटा कार्यक्रममा कटाक्ष गर्दै भने ‘माधब नेपाल जहिले पनि उधारो हुन्न, नगदै चाहिन्छ भन्थे । नगद के रहेछ भनेको त दोस्रो अध्यक्ष पो रहेछ ।’

झलनाथ–नेपाल समूहमा २८ साँसद रहेका छन् । बरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यका कारण घरमै आराम गर्नु परेपछि यो समूहको नेत्तृत्व नेता नेपालले गरिरहेका छन् । बैशाख २७ गते विश्वासको मत नदिएको यो समूहमा प्रधानमन्त्री ओलीको बिकल्प खोज्नुपर्ने बलियो मत रहेको छ । यद्यपि नेता नेपालले अचानक ओलीसँग सहमति गरेपछि यो समूहमा ठूलो मतभेद सुरु भएको छ । नेता नेपालको निर्णय क्षमता र नेत्तृत्व कौशलताप्रति अधिकाँशले प्रश्न गरिरहेका छन् । नेता नेपालको नेत्तृत्वकै कारण जित्ने लागेको खेलमा नराम्रोसँग पराजित हुनु परेको पीडा यो समूहका नेतादेखि तल्लो तहसम्मका कार्यकर्ताहरुले सामाजिक सन्जालमा पोखिरहेका छन् ।

असन्तुष्टिले समूह नै छिन्नभिन्नको अबस्थामा पुगेपछि त्यसको समीक्षा गर्न यो समूहले गएको ३१ गतेबाट केन्द्रिय कमिटिको बैठक राखेको थियो । सुरुको दिन नेता नेपालले आफ्नो तर्फबाट मात्र कुराहरु राखेका थिए । दोस्रो दिन अर्थात हिजो १ गतेबाट केन्द्रिय सदस्यहरुलाई आफ्नो धारणा राख्न समय दिइएको छ । हिजो बोल्ने क्रम समाप्त नभएकाले आज २ गतेसम्मका लागि बैठक जारी राखिएको थियो ।

माधब कमरेडबाट हुन्न भनेरै आफ्नो संरक्षण आफै गर्न गोकर्ण, योगेश र सुरेन्द्र पाण्डेहरु अघि सरेर ओली वा उनको समूहमा छलफल बढाएको उक्त समूहका एक स्थायी समितिका सदस्य बताउँछन् । ‘राजीनामा गर्न सबै तयार नै थिए । त्यसपछिको परिस्थिति कसरी अघि बढ्छ र हाम्रो अबस्था के हुन्छ भनेर माधब कमरेडले समूहमा आशा र विश्वास देखाउनै सक्नुभएन ।’

बोल्ने अधिकाँश नेताहरुले बरिष्ठ नेता नेपालको नेत्तृत्व क्षमताप्रति प्रहार गरेको एक केन्द्रिय सदस्यले जानकारी दिए । उनका अनुसार बैठकमा धारणा राख्ने अधिकाँश सदस्यहरुले ‘नगदै चाहिन्छ भन्नुहुन्थ्यो, के पाएर उधारोमा सहमति गर्नुभयो ?’ भनेर नेत्तृत्वलाई प्रश्न गरेका थिए । अधिकाँशले यस्तो प्रश्न गरेपछि नेता नेपाल स्तब्ध भएको उनले जानकारी दिए । ‘नेता नेपाल बिगतभन्दा केही परिस्कृत र परिपक्व हुनुभएको हो कि भन्ने लागेको थियो । तर निर्णायक घडीमा त्यस्तो देखिए ।’ ती केन्द्रिय सदस्यले भने ‘उहाँको नानीदेखिको बानी नजाने रहेछ ।’

अर्का केन्द्रिय सदस्यले पनि माधब नेपालले आफ्नो समूहलाई कुशलतापूर्बक नेत्तृत्व दिन नसक्दा समूहमा निकै ठूलो क्षति भएको बताए । ‘माधब कमरेडको त नेत्तृत्व क्षमता नै देखिएन । गोकर्ण, सुरेन्द्र, योगेश, भीम रावल कमरेडहरुलाई एक ठाउँमा ल्याउन सक्नुभएन । फलतः हाम्रो टिम तीन स–साना समूहमा बिभाजन हुन पुग्यो ।’ उनी भन्छन् ‘नेत्तृत्वले सबैलाई समेटेर मूल बिषयमा सहमति नगराएका कारण राजनीतिका चाणक्य जस्ता ओलीले बिभाजित समूह–समूहमा छलफल गरेर छिन्नभिन्न बनाई दिए ।’

माधब कमरेडबाट हुन्न भनेरै आफ्नो संरक्षण आफै गर्न गोकर्ण, योगेश र सुरेन्द्र पाण्डेहरु अघि सरेर ओली वा उनको समूहमा छलफल बढाएको उक्त समूहका एक स्थायी समितिका सदस्य बताउँछन् । ‘राजीनामा गर्न सबै तयार नै थिए । त्यसपछिको परिस्थिति कसरी अघि बढ्छ र हाम्रो अबस्था के हुन्छ भनेर माधब कमरेडले समूहमा आशा र विश्वास देखाउनै सक्नुभएन ।’

उनी भन्छन् ‘त्यसपछि कोही राजीनामा गर्ने, कोही नगर्नेमा समूह बिभाजित भयो । ओली यसैको पखाईमा थिए । राम्रोसँग खेलिहाले ।’ उनका अनुसार समूहमा यस्तो बिभाजन आएपछि नेता नेपाल बिचलित देखिए । नेपालको यस्तो हालत थापाएका ओलीले कारबाही फुकुवा जस्तो मामुली कार्ड फालेर बार्ताका लागि बोलाए । हतास मनस्थितिमा रहेका नेपालले ओलीसँगको बार्तामा अडान लिनै नसकेर उधारो सहमति गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij