२०८३ साउन ९ शनिबार

दलहरुद्वारा सरकार गठको कसरत सुरू

ई आर्थिक    मंगलबार, बैशाख २८ २०७८
3.7K
Shares
दलहरुद्वारा सरकार गठको कसरत सुरू

ई–आर्थिक, काठमाडौं । दलहरूद्वारा सरकार गठनको कसरत सुरू गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाएपछि दलहरुद्वारा सरकार गठनको लागि कसरत सुरु गरेका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरिसकेकी छन् ।

सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिननसके पछि उनी पदमुक्त भएका थिए । मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागी थिए । उनले विश्वास प्राप्त गर्नका लागि १ सय ३६ मत पाउनु आवश्यक हुन्थ्यो । ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा १२४ मत दिएका छन् । १५ तटस्थ र एमालेका २८ सांसद अनुपस्थित थिए ।

ओलीले विश्वासको मत लिन नसकेको जानकारी संसद् सचिवालयले गराएलगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् ।

संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था रहेको छ ।

यसअघि प्रधानमन्त्री ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका मुख्य नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका थिए ।
सरकार गठनका लागि काँग्रेस गठबन्धन र एमाले गठबन्धनले प्रयास थालेका हुन ।

सरकार गठन सुरुसँगै कसको पल्लाभारी हुने हो त्यो भने प्रतिक्षाको बिषय भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठन गर्न आव्हान गरेको प्रेस विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij