२०८३ साउन ९ शनिबार

कोरोना कहरबीच आईपीएल सट्टेबाजीको विगविगी, सट्टेबाजीमा संलग्न ११ जना प्रहरीद्वारा पक्राउ

ई आर्थिक    सोमबार, बैशाख १३ २०७८
4.9K
Shares
कोरोना कहरबीच आईपीएल सट्टेबाजीको विगविगी, सट्टेबाजीमा संलग्न ११ जना प्रहरीद्वारा पक्राउ

ई–आर्थिक, काठमाडौं । कोरोना कहरका बीच भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजीबाजीको विगविगी भएको छ । यस्तो सट्टेबाजीमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ती सट्टेबाजी पक्राउ परेका हुन । उनीहरुलाई काठमाडौंको ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुमध्येलाई छानेर ११ जनालाई मुद्दा चलाउने प्रहरीको तयारी भइरहेको बताइएको छ ।

उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सन्जाल प्रयोग गरेर भारतमा भएका बिभिन्न खेलमा सट्टेबाजी गराएको पाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij