२०८३ साउन ९ शनिबार

बाँकेमा बिहीबारदेखि एक साता लकडाउन हुने, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले ग¥यो सिफारिस

ई आर्थिक    मंगलबार, बैशाख ७ २०७८
7.2K
Shares
बाँकेमा बिहीबारदेखि एक साता लकडाउन हुने, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले ग¥यो सिफारिस

ई–आर्थिक, नेपालगन्ज : बाँकेमा कोरोना संक्रमितको संख्यासँगै त्यसको जोखिम बढ्दै गएपछि लकडाउन हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले लकडाउनका लागि सिफारिस गरेको हो ।
मंगलबार बसेको बैठकले बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको उनले बताए ।

‘लकडाउनका लागि सिफारिस गरेका छौं,’ प्रजिअ गेलालले भने, ‘के कस्तो अवस्थामा र कहिलेसम्म भन्ने विषयमा छलफल गरिरहेका छौँ तर ९ गतेबाट लकडाउन हुन्छ ।’ उनले भने– ‘डीसीसीएमसीको बैठकमा बाँके जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्रै गर्ने भन्ने विषयमा मतभेद देखिएको छ ।’

प्रमुख जिल्ला अधिकारी गेलालले नेपालगञ्जलगायत मूख्य बजार र नाका आसपास बन्द हुनेछन् भने केन्द्रसँगको समन्वयमा अन्य बन्द गरिने क्षेत्रको टुंगो लगाउने बताए । कुनै पनि ठाउँमा दुई सय बढी भन्दा संक्रमित भएमा स्थानीय प्रशासनले संक्रमणलाई रोक्न लकडाउन गर्न सक्ने प्रावधान रहेको छ ।

बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ५ सयभन्दा बढी संक्रमित छन् । संक्रमितको केही दिनदेखि दैनिक नै मृत्यु भइरहेको छ । कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदरसमेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउनका लागि दबाब दिएका थिए । सोमबार भेरी अस्पतालमा मात्र ३७५ जनाको परीक्षण गर्दा २१९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij