२०८३ साउन १० आइतबार

मन्त्री परिषद्को बैठकद्वारा दुई निकायमा नियुक्त : विज्ञापन बोर्डमा हुमागाई, चुरे मधेस–तराई समितिमा पौडेल

ई आर्थिक    शुक्रबार, चैत्र २० २०७७
6.3K
Shares
मन्त्री परिषद्को बैठकद्वारा दुई निकायमा नियुक्त : विज्ञापन बोर्डमा हुमागाई, चुरे मधेस–तराई समितिमा  पौडेल

ई–आर्थिक, काठमाडौं । मन्त्रिपरिषदको आजको बैठकले दुई वटा निकायमा नियुक्तीका निर्णयहरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यस्तै उक्त समितिको सदस्यहरुमा बाबुकृष्ण कार्की, शशी शर्मा, भेषराज आचार्य, डा. सुस्मिता ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रालयगत रुपमा छलफल भएको उक्त बैठकले अन्य पनि महत्वपूर्ण निर्णयहरु गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij