२०८३ साउन ९ शनिबार

आइतवारदेखि धितोपत्र कारोबारमा १७ ओटा परिसूचक गणना हुने

ई आर्थिक    शनिबार, फाल्गुन १५ २०७७
8.2K
Shares
आइतवारदेखि धितोपत्र कारोबारमा १७ ओटा परिसूचक गणना हुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवारदेखिको कारोबारमा १७ ओटा परिसूचक गणना गर्ने भएको छ । हाल १६ ओटा परिसूचक गणना गर्दै आएको नेप्सेले समूहगत परिसूचकमा लगानी समूह थप गर्न लागेको हो ।

नेप्सेका अनुसार हाल सूचीकृत २१८ कम्पनीहरुलाई ११ समूहमा विभाजन गरी समूहगत परिसूचक गणना गर्दै आएकोमा आइतवारदेखि लगानी समूह थप गरी १२ समूहगत परिसूचक गणना गरिने भएको छ । यसअघि म्यचुअल फण्डलाई पनि समूहगत परिसूचकमै गणना गरिदै आइएको थियो ।

२१८ ओटा कम्पनी बाहेकको म्यचुअल फण्डलाई समूहगत परिसूचकमै राखेपनि सूचीकृत कम्पनीहरुको समूहगत परिसूचकका रुपमा ११ ओटा समूहलाई मात्र गणना गरिने नेप्सेले जानकारी दिएको छ ।

आइतवारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिफ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन् ।

उनले हाल अन्य समूहमा रहेका आठ कम्पनीहरुमध्य चार कम्पनीलाई नयाँ थपिएको लगानी समूहमा राखी कारोबार गरिने समेत जानकारी दिए । त्यस्तै साविकको होटल्स समूहको नाम परिवर्तन गरी होटल्स तथा पर्यटन समूह बनाईएको पनि प्रबक्ता पराजुलीले प्रष्ट पारे ।

यो समूहमा चन्द्रागिरी हिल्सलाई समावेश गरिएको पनि उनको भनाइ छ । हाल चन्द्रागिरी हिल्स अन्य समूहमा सूचीकृत रहेको छ ।

नयाँ व्यवस्थाबाट समूह विभाजन र परिसूचक गणनामा थप स्पष्टता आई बजार सम्बन्धि सुचना विश्लेषण गर्न सरोकारवालाहरुलाई सहज हुने विश्वास नेप्सेले लिएको छ । नयाँ व्यवस्था लागू भएसँगै अन्य समूहमा रहेका नागरिक लगानीकोष, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आइतवारदेखि लगानी समूह अन्तर्गत कारोबार हुनेछ ।

त्यस्तै होटल तथा पर्यटन समूहमा चन्द्रागिरी हिल्स लिमिटेड थपिएको छ भने यस अघि होटल्स समूहमा रहेका ओरियण्टल होटल्स लिमिटेड, तारागाउँ रिजेन्सी होटल र याक एण्ड यति होटल लिमिटेड होटल्स तथा पर्यटन समूह अन्तर्गत रहेर कारोबार हुनेछन् ।

नेप्सेले अन्य समूहबाट लगानीसमूहमा सारेका कम्पनीहरु :

नेप्सेले अन्य समूहबाट लगानीसमूहमा सारेका कम्पनीहरु :

                                                       स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij