ई–आर्थिक, काठमाडौं । चन्द्रागिरीमा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्सको आईपीओमा लगानी गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणलाई पुस २४ गतेदेखि सर्वसाधारणका लागि विक्रीमा आएको थियो । कम्पनीले सर्वसाधारणलाई १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको थियो ।
सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आईपीओमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री खुला गरेको हो । यस आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका आवेदन माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ विक्रीको छिटो अवधि पुस २८ र ढिलो माघ ९ गतेसम्म तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द हुन लागेको विक्री प्रबन्धक कम्पनी ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीको यो आईपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ ।
आवेदकले विक्री प्रबन्धकसँगै सि(आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयर र मेरो शेयर एप मार्फत आवेदन गर्न सक्नेछन् ।