२०८३ साउन ९ शनिबार

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षर

ई आर्थिक    आइतबार, पौस १२ २०७७
6K
Shares
प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षर

ई–आर्थिक, विराटनगर । नेकपा फुटको असर धमाधम प्रदेश तिर सरको छ । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको केही दिन नवित्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

उक्त अविश्वासको प्रस्तावमा प्रचण्ड–माधव नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।

आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएका कारण ३७ जनाले मात्रै हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव पेश गरिएको प्रचण्ड–माधव समूहले दावी गरेको छ ।

नेकपा प्रदेशसभा संसदीय दलका उपनेता टंक आङबुहाङको नेतृत्वमा संसद सचिवालयमा पुगेर सो टोलीले उक्त अविश्वास प्रस्ताव दर्ता गरेको हो ।

अविश्वासको प्रस्ताव दर्ता गरेसँगै अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । उक्त प्रस्तावको प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहेका छन् ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली काँग्रेसका २१, जसपाका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सदस्य रहेका छन् ।
सो प्रस्ताव प्रदेशसभाका सभामुख प्रदीप भण्डारीलाई समेत बुझाइएको प्रचण्ड–माधव समूहका एक नेताले जानकारी दिए ।

प्रदेश १ मा मूख्यमन्त्री राईले एक मन्त्रीलाई हटाएपछि माधव–प्रचण्ड समूहले आक्रमक हुदै उक्त अविश्वासको प्रस्ताव दर्ता गराएका हुन ।
यसैबीच प्रदेश १ का मूख्यमन्त्री राईले अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij