ई–आर्थिक, काठमाडौं । नेकपा नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । उनले ५० वर्षको उमेरमा माघ ११ गते विवाह गर्न लागेका हुन ।
राइको सचिवालय स्रोतले राईको विवाह हुँदै गरेको बताए पनि दुलहीको पहिचान खुलाएको छैन । तर मूख्यमन्त्री राईले अन्तरजातीय विवाह गर्ने भने निश्चित भएको स्रोतले उल्लेख गरेको छ ।
एक युवतीसँगको सम्बन्धको चर्चाका कारण विवादमा पर्दै आएका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।