२०८३ साउन ९ शनिबार

लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखलाई ९६ लाखको भ्रष्टाचार मुद्दा

ई आर्थिक    बुधबार, पौस १ २०७७
7.9K
Shares
लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखलाई ९६ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्कामा बदमासी गरी भ्रष्टाचार गरेको अभियोगमा वाग्मती, लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ग्याबिन तारमा प्रयोग गरिएको तारको गुणस्तर परीक्षण गरी प्रयोग गर्नुपर्नेमा परीक्षण नै नगरी बिल र कार्यसम्पादन प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिश गरेको पाइएको छ । निर्माण व्यवसायी थोढुङ्ग अजम्बर शिवराम जेभी नयाँ बानेश्वर काठमाडौँमा भएको गुणस्तरहीन कागजात तयार पारी रु ९६ लाख ६४ हजार २९६ बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

ग्याबिन तारलाई गुणस्तरयुक्त भनी बिलमा दस्तखत गरी भुक्तानी लिने निर्माण व्यवसायी थोदुङग, अजम्बर, शिवराम जेभीका निर्देशक डबाङ क्षोदेन शेर्पा, जेभीका सञ्चालक बैकुण्ठप्रसाद भण्डारी, अर्का सञ्चालक शिवजी श्रेष्ठविरुद्ध पनि समान बिगो कायम गर्दै मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij