ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेकपाको शनिबारको बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिबेदनलाई स्थायी समितिमा पठाउने निर्णय गरेको छ । यो निर्णयले कार्यकारी अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष ओलीमाथि पूर्णरुपले हाबी भएका छन् । त्यसैगरी प्रचण्डले आफ्नो राजनीतिक प्रतिबेदनलाई बैधानिकता पनि प्रदान गरेका छन् ।
यो नेकपाभित्रको अन्तरबिरोधमा राजनीतिकरुपले प्रचण्डको ऐतिहासिक सफलता हो । गएको मंसिर ३ गते सचिबालय बैठकमा पेश हुदा प्रचण्डको प्रतिबेदनलाई ओलीले ठाडै अस्वीकार गरेका थिए । ओलीले उक्त प्रतिबेदन राजनीतिक नभई आफूमाथिको आरोप पत्र मात्र भएको सार्बजनिकरुपमा बोलेका थिए । उक्त प्रतिबेदन आउनेबित्तिकै नेकपामा ठूलो भूकम्प नै आएको थियो । अध्यक्ष तथा प्रधानमन्त्री ओलीका ब्यक्तिगत कमजोरी, प्रबृति, सरकार र पार्टी सन्चालनमा भएका गम्भीर कमजोरीलाई दस्ताबेजीकरण गरिएको उक्त प्रतिबेदनले पार्टी नै बिभाजनको संघारमा पुगेको बिश्लेषण गरिएको थियो ।
अध्यक्ष ओली र उनको ठूलो समूहले एक स्वरमा त्यस प्रतिबेदनलाई ‘आरोप पत्र, अभियोग पत्र’ भन्दै कडा प्रतिबाद गरेको थियो । ओली स्वयम्ले उक्त प्रतिबेदनमा उठाइएका बिषयप्रति गम्भीर असहमति प्रकट गर्दै सचिबालय बैठकमै त्यसको परिणाम भोग्न तयार हुन प्रचण्डलाई चेतावानी दिएका थिए । ओलीले ‘पार्टीभित्र अब कि तपाई छैन कि म छैन’ नै भनेका थिए । ओलीका भित्रियाहरु शंकर पोखरेल, प्रदिप ज्ञवाली, सुबास नेम्वा, पुथ्वीसुब्बा गुरुन, बिष्णु रिमालहरुले प्रचण्डले प्रतिबेदन सचिबालयबाटै फिर्ता नगरे पार्टी एक नरहने र उनीसँग संगै हिड्न नसकिने चेतावानी दिएका दिए ।
तर प्रचण्ड–माधब समूहले भने प्रतिबेदनमा आपत्तिजनक कुरा केही नभएको भन्दै प्रतिबाद गरेका थिए । यही बिचमा पार्टीको लोगोसहित प्रचण्डको सचिबालयले उक्त प्रतिबेदन छापेर तल–तलसम्म लगेपछि ओली समूहले अझ आपत्ति प्रकट गरेको थियो । प्रचण्डको प्रतिबेदन पेश मात्र भएकाले त्यसले पार्टीभित्र बैधानिकता नपाउँदै तल पठाएर प्रचण्ड–माधब समूहले गम्भीर प्रक्रिया उलंघन गरेको उनीहरुको आरोप थियो ।
यसरी आफैले ‘आरोपपत्र’ का रुपमा करार गरेको प्रचण्डको राजनीतिक प्रतिबेदनलाई शनिबारको बैठकबाट ओलीले बैधानिकता दिएका छन् । यसले नेकपाको जारी अन्तरबिरोधमा ओली कतिसम्म कमजोर भएछन् भनेर सजिलै अनुमान गर्न सकिने राजनीतिक बिश्लेषक श्याम श्रेष्ठ बताउँछन् । ‘ओलीले प्रतिबेदन रोक्न सकेको भए या फिर्ता गर्न सकेको भए जारी बिबादमा ओलीको शक्ति कायमै रहन्थ्यो ।’ बिश्लेषक श्रेष्ठ भन्छन् ‘अब ओली थकित र गलित भएछन् । राजनीतिक रुपमा यही बुझ्न सकिन्छ ।’
त्यसो त प्रतिबेदन सचिबालयबाटै फिर्ता गर्न ओली र ओली समूहले सकेका सबै उपाय लगाएको हो । यसो गर्दा पार्टीभित्र ओली कति शक्तिशाली रहेछन् भन्ने सन्देश प्रबाह हुन्थयो । अर्कातिर प्रचण्डमाथि ठूलो नैतिक संकट सिर्जना हुन्थ्यो । प्रतिबेदन फिता गराएर साझा प्रतिबेदन बनाउन भन्दै ओलीले प्रचण्ड–माधब समूहलाई आकर्षक प्रस्ताब राखेका थिए । शंकर पोखरेल, प्रदिप ज्ञवाली, बिष्णु पौडेल, ईश्वर पोखरेलहरुले ओलीको दुतका रुपमा ठूलो कसरत गरे । उनीहरुबाट मात्र केही सिप नलाग्ने देखिएपछि राष्टपति बिद्यादेबी भण्डारीको समेत तीब्र सक्रियता देखाएकी थिइन । उनले दुबै अध्यक्षलाई बोलाएर दुबै प्रतिबेदन फिर्ता गर्न र साझा प्रतिबेदन पेश गर्न भनेकी थिएन ।
खासमा प्रचण्डको प्रतिबेदन फिर्ता नै राष्ट्रपति र ओली समूहको अर्जुनदृष्टि थियो । यसका लागि भाबी अध्यक्ष र प्रधानमन्त्रीको सुनिश्चितताको लागि करारनामा गर्ने र मन्त्रीहरु फेरबदल गरिदिने प्रलोभनका बलिया पोका अघि सारिएको थियो । ओली समूह जसरी भए पनि प्रतिबेदन स्थायी समितिमा नपुगोस भन्ने थियो । स्थायी समितिमा पुगाउनु भनेको त्यसलाई पार्टीको आधिकारिक दस्तावेजका रुपमा मान्यता प्रदान गर्नु भएको कुरा ओली र उनको समूहले राम्रोसँग बुझेको थियो । तर प्रचण्ड–माधब समूह टसकोमस नगरेपछि ओलीका सारा प्रयत्न निरर्थक बने र प्रतिबेदन स्थायी समितिमा लैजानबाट रोकिएन ।
प्रचण्ड–माधब समूह पनि आफ्नो सामर्थ्य देखाउन र प्रचण्डको प्रतिबेदनलाई बैधानिकता प्रदान गर्न स्थायी समितिमै लैजानु पर्ने रणनीतिमा थिए । त्यसमा उनीहरु पूर्णरुपल सफल भएका छन् । त्यसैगरी अब प्रचण्ड–माधब समूह पार्टीभित्र हाबी भए भन्ने राजनीतिक सन्देश पनि पार्टीपंक्तिमा प्रबाह गरेका छन् । यसले प्रचण्ड–माधब समूहमा ठूलो उत्साह पनि जागेको देखिन्छ ।
प्रचण्डको प्रतिबेदनले पार्टीभित्र संस्थागत दस्ताबेजको मान्यता पाएपछि बालुवाटारमा हलचल आएको छ । उनीहरुमा निराशा र मनोबल कमजोर हुन थालेको घटनाक्रमले पुष्टि गरेको छ । ओलीको कडा असहमतिबाबजुद पनि प्रतिबेदन स्थायी समितिमा गएपछि ओलीनिकट उच्च नेताहरुको शानिबार साँझ बालुवाटारमा भेला भएको थियो ।
भेलामा शंकर, प्रदिप, ईश्वर, सुबासलगायतका नेताहरुको उपस्थिति रहेको स्रोतले जानकारी दियो । उनीहरुले ओलीलाई नोट अफ डिसेन्ट नलेखेर गम्भीर गल्ती गरेको भनेर सुझाएका थिए । नोट अफ डिसेन्ट नलेखेपछि अब हामीहरु निकै नै रक्षात्मक अबस्थामा पुगेको उनीहरुको भनाई रहेको थियो । अब त्याग गर्ने अबस्थामा पुगियो भन्दै उनीहरुले निराशाभाब ब्यक्त गरेको स्रोतले जानकारी दियो । भेलामा ओली पनि निकै निराश र नियाउरो देखिएका थिए । ओलीले धेरै नबोलेको र अझै केही गर्न सकिन्छ कि भनेर आशाबादी रहेको बताएका थिए ।
प्रतिबेदन स्थायी समितिमा पुगेपछि खुमलटारमा भने खुसीयाली छाएको छ । हिजो नै प्रचण्ड, झलनाथ, माधब, बामदेब र नारायणकाजीलगायतका नेताहरुले समीक्षा भेला गर्दै खुसी साटासाट गरेको स्रोतले जानकारी दियो । आरोप पत्र र संगीन आरोपको पुलिन्दा भनेर आलोचना गरेको आफ्नो प्रतिबेदनलाई सचिबालयबाट स्थायी समितिमा पठाउन सक्नु चानचुने उपलब्धी नभएको उनीहरुको समीक्षा छ । अब पार्टीपंक्तिमा प्रतिबेदनमाथि छलफलको बाटो खुलेको हुदा आफ्नो पार्टी पंक्तिलाई एक कदम अघि बढेर अन्तरक्रियामा सहभागी बन्न निर्देशन दिने पनि अनौपचारिक निर्णय भएको छ ।