२०८३ साउन १० आइतबार

सत्तारुढ दलको बिबाद बिदेशी शक्तिको हातमा जाँदै, ओलीलाई भारत र प्रचण्ड–माधबलाई चीनको भर

ई आर्थिक    बिहिबार, मंसिर ११ २०७७
11.8K
Shares
सत्तारुढ दलको बिबाद बिदेशी शक्तिको हातमा जाँदै, ओलीलाई भारत र प्रचण्ड–माधबलाई चीनको भर

ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको बिबाद पेचिलो बन्दै जाँदा बिदेशी शक्तिको सक्रियता तीब्र भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पश्चिमा र भारतीय शक्तिले प्रभाब बिस्तार गरिरहेका छन् भने कार्यकारी अध्यक्ष प्रचण्ड तथा बरिष्ठ नेता माधब नेपालको समूहमा चिनियाँ प्रभाब बढ्न थालेको छ । यस्तो बिदशी शक्तिको प्रभाबले नेकपाभित्रको बिबादले कस्तो रुप लिने हो भन्ने अन्योल छ ।

पार्टी नै बिभाजन हुन सक्ने संकेतहरु यत्रतत्र देखिएका छन् । नेकपालाई फुटाउने कि अहिले तत्काल बिबाद स्थगत गराउने भन्ने कुरा बिदेशी शक्तिले निर्णय गर्ने दिशामा नेकपाभित्रको राजनीतिउन्मुख हुदै गएको छ । बिदेशी शक्तिको स्वार्थअनुसार नेकपाको बिबादले दिशा लिने राजनीतिका जानकारहरु बताउन थालेका छन् । अहिले पश्चिमा र भारतीय खुफिया संस्थाहरुले ओलीलाई निरन्तर उक्साइरहेको र चीनले प्रचण्ड–माधबलाई जब्बर बनाइरहेको उनीहरुको भनाई छ । तर बिदेशीहरुको स्वार्थ भने फरक देखिएको बिश्लेषकहरु बताउँछन् । पश्चिमा र भारत कुनै पनि मुल्यमा नेकपा बिभाजन गराउन चाहन्छन् भने चीन त्यो रोक्न चाहन्छ । केही अघिसम्म ओलीको पक्षमा दृढ रहेको चीनले अहिले कोर्स करेक्सन गरेको देखिन्छ । पश्चिमा र भारतको प्रभाब ओलीमा बढेपछि चीन प्रचण्ड र माधबतिर फर्केको बताइएको छ ।

पश्चिमा र भारतीय शक्तिले ओलीलाई दुबै पद नछोड्न पर्दा बाहिरबाट उचालिरहेको पनि बिश्लेषकहरु बताउँछन् । ‘यही भएर ओली प्रचण्ड र माधबको प्रस्ताबप्रति टसमस नगरी दुबै पद नछाड्ने अडान लिएका हुन ।’ स्रोत भन्छ ‘यसो गरेर पश्चिमा र भारतले ओली र प्रचण्ड समूहबिच झन दुरी बढाउन सफल भएका छन् ।’ ओलीलाई जति जब्बर बनायो त्यति नेकपा बिभाजनउन्मुख हुने पश्चिमा र भारतको बुझाई रहेको स्रोतको दाबी छ ।

पश्चिमा र भारतले प्रचण्ड–माधबबाट अलग भए वा पार्टी बिभाजन भए पनि काँगे्रस र मधेशबादी दललाई मिलाएर ओलीको सत्ता जोगाइ दिने कुरामा बिश्वास दिलाएको स्रोतको भनाई छ । यही योजनाअनुसार काँगे्रस र मधेशबादी दलको नेताहरुसँग ओलीले भेटघाट बढाएका छन् । गएको ३ गते मधेशका शरदसिंह भण्डारी र महन्थ ठाकुरसँग भेटेका ओलीले केही दिनअघि मात्र काँगेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुसँग भेटेका थिए । दुबै दलका प्रतिपक्षी नेताहरुसँग ओलीको सत्ता साझेदारीमा छलफल भएको थियो । उता चीन भने ओलीले केही त्याग गरेर भए पनि पार्टी एकता बचाउनुपर्ने पक्षमा रहेको स्रोत बताउँछ । यो भनेको प्रचण्ड–माधबको प्रस्ताब हो ।

चिनियाँ राजदुतले नै प्रधानमन्त्री ओलीलाई भेटरे यही सुझाब दिएको स्रोतको दाबी छ । ओलीले दुईमध्ये एक पद नछाडे पार्टी बिभाजन हुने चिनियाँ बिश्लेषण रहेको बताइन्छ । अहिले चिनियाँ राजदूत होउ यान्छीको सक्रिया तीब छ भने पश्चिमा र भारतीय सक्रियता पनि उस्तै छ । केही दिनमै भारतीय बिदेश सचिब र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण छ । यो दुबै राजनीतिक उद्देश्य प्रेरित भ्रमण हुन ।

गएको कार्तिक ५ गते भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल तामझामका साथ काठमाण्डौं आएपछि नयाँढंगले

बिकास भएको नेकपाभित्रको बिबाद बिदेशी शक्तिको हातमा पुग्न थालेको हो । गुप्तचर प्रमुख गोयलको भ्रमणअघिसम्म नेकपाभित्रको बिबाद बिस्तारै मिल्ने क्रममा थियो । गोयलले नेकपाको अध्यक्ष तथा प्रधानमन्त्रीसँग मोदीको दूतका रुपमा लामो भेटघाट गरेपछि उक्त पार्टीभित्र आकस्मात बिबाद उत्पन्न भएर नयाँ कोर्स समातेको थियो ।

प्रधानमन्त्री र ओलीबिचको लामो छलफल अझैसम्म गोप्य राखिएको छ । जबकि एक देशको कार्यकारी प्रमुखको सन्देश अर्को देशका कार्यकारीबिच पठाउँदा दुबै देशले त्यसको अन्तरबस्तुबारे सार्बजनिक गर्ने कुटनीतिक परम्परा छ । भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीसमक्ष के सन्देश पठाए भन्नेबारे आजसम्म कुनै नागरिकले थाहा पाएका छैनन् । यो आजसम्म स्थापित कुटनीतिक मर्यादाको घोर उलंघन त हुदै हो, खुलेआम खुफिया एजेन्सी प्रमुखसँग बार्ता गराएर मोदीले नेपाल र नेपाली जनताप्रतिको त्यतिकै अपमान पनि गराएका छन् । यसको कुटनीतिक सन्देश नेपालको सम्बन्ध अब खुफिया एजेन्सीको हातमा गयो भन्ने रहेको कुटनीतिक क्षेत्रका जानकारहरुको भनाई छ । भारतीय कार्यकारी प्रमुख मोदीले नेपालका कार्यकारी प्रमुख ओलीसँग कुटनीति वा राजनीतिक वा अन्य कुनै बिषयमा सन्देश पठाए भन्ने यकीन छैन ।

ओली र गोयलबिचको छलफल राजनीतिमा केन्द्रित भएको अनुमान नेकपाका नेता, कार्यकर्ताहरुको अनुमान छ । ‘रअ’ प्रमुख गोयल फर्केलगत्तै नेपालमा प्रमुख चाड दशैं सुरु भएको थियो । दशैंलगत्तै पार्टीभित्र त्यसको राजनीतिक प्रभाब देखिएकाले उनीहरुको यस्तो अनुमान छ । ‘दशैंपछि नै मुलुकको राजनीतिमा केही परिबर्तन देख्न सकिने निस्कर्षमा थियौं हामी ।’ प्रचण्डनिकट स्रोतले भन्यो ‘दशैंलगत्तै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्डलाई बोलाएर पार्टी बिभाजनको मनसाय देखाउनु रअसंगको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको रुपमा हामीले हेरेका छौं ।’

सामन्त गोयल फर्केलगत्तै सरकारले पूर्बवत आफ्नो अडानबाट एकाएक पछि हट्दै भारतीय स्थलसेनाध्यक्ष मुकुन्द नरबणेलाई नेपाली सेनाको मानार्थ महारथीको पद प्रदान गरियो । नरबणे तिनै ब्यक्ति हुन, जसले लिपुलेक कालापानीको बिबादमा नेपाललाई सैनिक समाधानको धम्की दिएर अत्यन्त बिबादमा तानिएका थिए । त्यसको आम नेपालीले बिरोध गरेपछि नरबणेलाई मानाथ पदबी नदिने प्रधानमन्त्री ओलीले घोषणा नै गरेका थिए । रअ प्रमुखसँगको भेटपछि प्रधानमन्त्री ओली यो अडानबाट पछि हटेर सबैलाई चकित बनाएका थिए । त्यसपछि नेपालमा भारतीय राजदुताबासको सक्रियता ह्वात्तै बढाइएको थियो । भारतीय राजदुत र बरिष्ठ अधिकारीहरुले प्रतिपक्ष नेपाली काँगे्रस, मधेशबादी दल र सेनासँगको भेटघाट तीब्र बनाएको थियो । भारतको यस्तो सक्रियतासँग सत्तारुढ पार्टीभित्रको अन्तरकलह पनि बिस्फोटको अबस्थामा पुगेको थियो ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई बोलाएर अब संगै जान नसकिने भइयो, सहमतिमा अलग–अलग हौं भन्ने प्रस्ताब अघि सारेर बिबादलाई चरमोत्कर्ष पु¥याउनेगरी पहिलो फायर खोले । ओलीले यो फायर खोलाईले नेकपाभित्र झण्डै ८ रेक्टरको कम्पन पैदा ग¥यो । लगत्तै प्रचण्डसहित सचिबालयका बहुमत सदस्यहरुले त्यसको कारणबारे छलफल गर्न बैठकको माग गर्दै लिखित निबेदन गरे । अनि ओली र प्रचण्डबिच पत्राचारको सिलसिला चल्यो । यहीबिचमा प्रचण्डले पार्टीभित्र र सरकारभित्र देखिएका कमीकमजोरी र अबको बाटोका बारेमा राजनीतिक प्रतिबेदन पेश गरे । ओलीका यावत कमजोरीलाई लिपिबद्ध गरेर आएको प्रतिबेदनले नेकपाभित्र अर्को महाभूकम्प ल्याइदियो । यि घटनाक्रमले बिदेशी शक्तिलाई झन अनुकुल भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij