२०८३ साउन ९ शनिबार

काठमाडौं, भक्तपुर र धनुषाको सिडिओ फेरिए

ई आर्थिक    आइतबार, मंसिर ७ २०७७
13.5K
Shares
काठमाडौं, भक्तपुर र धनुषाको सिडिओ फेरिए

काठमाडौंमा काली पराजुली, भक्तपुरमा प्रेम भट्टराई र धनुषामा बन्धु बास्तोला

ई–आर्थिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख (सिडिओ) फेरिएका छन् । काठमाडौं र भक्तपुर दुबै जिल्लाका सिडिओको एक बर्षे कार्यकाल पुरा भएपछि उनीहरुलाई सरुवा गरी नयाँ सिडिओलाई ल्याइएको हो ।

काठमाडौंका हालका सिडिओ जनकराज दाहाल र भक्तपुरकी सिडिओ हुमकला पाण्डेलाई सरुवा गरी गृह मन्त्रालयमा ल्याइएको मन्त्रालयले जानकारी दिएको छ ।

उनीहरुलाई सरुवा गरी रिक्त काठमाडौंको प्रमुख (सिडिओ) मा काठमाडौंमा काली पराजुलीलाई ल्याइएको छ भने भक्तपुरको सिडिओमा प्रेम भट्टराईलाई ल्याइएको मन्त्रालयले जनाएको छ ।

पराजुली दुई महिनाअघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा सरुवा भएका थिए । त्यसैगरी भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए ।

भट्टराई कार्यरत धनुषाको सिडिओमा भने मन्त्रालयले बन्धु बाँस्तोलालाई पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij