२०८३ साउन ९ शनिबार

सेयर बजारको कारोबारमा ह्याट्रिक, एकैदिन ६ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार

ई आर्थिक    बिहिबार, मंसिर ४ २०७७
7K
Shares
सेयर बजारको कारोबारमा ह्याट्रिक, एकैदिन ६ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार

ई–आर्थिक, काठमाडौं । नेपाली शेयर बजारको कारोबारले विहीबार ह्याट्रिक गरेको छ । एकै दिन ६ अर्ब रूपैयाँ भन्दा बढिको कारोबार गर्दै सेयर बजारको कारोबारले ह्याट्रि गरेको हो । यो कारोबारसँगै यो नेपाली शेयर बजारमा नयाँ र ऐतिहासिक रेकर्ड राख्न सफल भएको छ ।

यसअघि गत फागुनमा एकैदिन ४ अर्व ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

विहीबार बजार खुलेदेखि नै नेप्से बढ्न सुरु गरेको थियो । अन्तिम समयसम्ममा नेप्से सूचक १७७८.१२ अंकमा पुगेको छ ।
नेप्सैसँगै सम्पूर्ण समूहगत परिसूचक पनि सकारात्मक देखिएको छ । सबैभन्दा बढि निर्जीवन जीवन बिमा समूह ३९९.१६ अंकले बृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३६.३२ सुधार आई एक हजार ७७८.१२ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९८ विन्दुले बढेर ३४३.०७ मा पुगेको छ । कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर रु छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १२ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ २.७१, व्यापार १९८.४, होटल १८१.६३, विकास बैंक २८.९९, जलविद्युत् २१.६३, वित्त १३.७६, निर्जीवन बीमा ३९९.१६, उत्पादन २०४.७३, अन्य ५८.१५, लघुवित्त ४६.३८, जीवन बीमा ३७६.१५ र सामूहिक लगानी कोष ०.०७ अङ्कले उकालो लागेको छ ।

कारोवारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ४१ करोड आठ लाख ४५ हजार ३१० बराबरको कारोवार भयो । यस्तै हिमालयन डिस्टिलरी रु २७ करोड सात लाख ५३ हजार ५३९, नेपाल लाइफ इन्स्योरेन्स रु २६ करोड १२ लाख ९९ हजार ६५१, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ४३ लाख १७ हजार ४०९, नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ३१ लख ५६ हजार १५२, नेको इन्स्योरेन्स रु १६ करोड ७७ लाख ९५ हजार ५३७, शिवम् सिमेन्ट रु १६ करोड १८ लाख ६२ हजार ७६७ र एनआइसी एशिया बैंक रु १५ करोड ६० लाख ८० हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

यस्तै कारोवारका आधारमा युनिलिभर नेपाल १०, तारगाँउ रिजेन्सी होटल १०, हिमालयन डिस्टलरी ९.९९ बोलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९.९८, साल्ट टे«डिङ कर्पोरेशन ९.९४, नेको इन्स्योरेन्स ९.९४, नेशनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए । त्यसैगरी प्रभु बैंकको ऋणपत्र २.२९, सनराइज म्युचअल फण्ड २.१८, एसबीएल ऋणपत्र १.९८, रैराङ हाइड्रोपावर १.९२, ग्लोबल आइएमई ऋणपत्रका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए ।

कोभिड–१९ को महामारीका कारण लगानीका अन्य क्षेत्रहरु सुस्ताएपछि शेयर बजारमा लगानी बढेको अनुमान गरिएको छ ।

घरजग्गा, आयात, निर्यातलगायतका क्षेत्रमा व्यवसायीहरु पनि आफुसँग भएको रकम शेयरमा लगानी गर्न थालेका छन् ।

यसैगरी बजारमा कारोबार बढ्नुमा अर्को कारण बैंक तथा वित्तीय संस्थाको व्याजदरलाई मानिएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता उच्च भई व्याजदर घटेपछि पनि लगानीकर्ताहरुले ऋण लिएर शेयरमा लगानी बढाउन थालेका छन् । त्यसैले पनि शेयर कारोबार बढ्न थालेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij