ई–आर्थिक, काठमाडौं । सफाई कर्मचारीको हातबाट जुस पिउँदै डा. गोविन्द केसीले आममरण अनसन तोडेका छन् । शनिवार राती अबेर सरकारसँग भएको ८ बुँदे सहमति गर्दै डा. केसीले आफ्नो १९ औं आमरण अनशन तोडेका थिए ।
चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. उनी २८औं दिनदेखि अनसनरत थिए । केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई नेपालगन्ज हुँदै असोज ६ गते काठमाडौं ल्याइएको थियो ।
अनसन तोडाउने त्रिवि शिक्षण अस्पतालका ४६ बर्षिय सफाइ कर्मचारी विकास नेपाली कोरोना संक्रमण भएर निको भएका थिए ।
यसैबीच नेपाल चिकित्सक संघले आन्दोनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । १९ औँ आमरण अनशन बसेका प्राध्यापक डा. गोविन्द केसी र नेपाल सरकारबीच शनिबार राति सम्झौता भएसँगै संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको संघले विज्ञप्ती प्रेषित गर्दै जानकारी दिइएको हो ।