२०८३ साउन १० आइतबार

स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै लबिङमा ट्रिनिटीले कोरोना खोप आयातको जिम्मा पाएको खुलासा, कमिसनको आशंका

ई आर्थिक    बुधबार, असोज १४ २०७७
17.8K
Shares
स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै लबिङमा ट्रिनिटीले कोरोना खोप आयातको जिम्मा पाएको खुलासा, कमिसनको आशंका

ई–आर्थिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालकै लबिङमा निजी कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सले कोरोना विरुद्धको खोप ‘स्पुतनिक फाइभ’ नेपाल ल्याउन लागेको खुलासा भएको छ । मन्त्री ढकाल र सत्तासिन दलका केही नेताहरुको योजनामा ट्रिनिटीलाई खोप आयातको जिम्मा लगाइएको खुलासा भएको हो । ट्रिनिटीमार्फत खोप नेपाल ल्याउन मन्त्री ढकालको बिगत एक महिनादेखि सक्रियता बढेको स्रोतले जानकारी दिएको छ । ‘मन्त्रीज्यूले नै ट्रिनिटीको बारेमा रसिया फण्डसँग लबिङ गर्नुभयो ।’ मन्त्रालय स्रोतले भन्यो ‘सुरुमा रसिया फण्ड सरकारमार्फत नै औषधि नेपाल ल्याउन सक्रिय भएको हो ।’

रसिया फण्ड सरकारी निकाय भएकाले ऊ नेपालमा पनि सरकारी निकायमार्फत खोप ल्याउँदा बिश्वासनीय हुन्छ भन्ने मान्यतामा रहेको स्रोतको भनाई छ । सुरुमा रसियन राजदुताबासमार्फत मन्त्री ढकालसमक्ष यो प्रस्ताब पु¥याइएको पनि स्रोतले जानकारी दियो । ‘खोपको दिने दुताबासको प्रस्ताब आएपछि मन्त्री ढकालले मन्त्रालय च्यानलसँग पहिलो कुरा गर्नुपथ्र्यो ।’ स्रोत भन्छ ‘तर मन्त्री ढकालले कर्मचारीलाई गुपचुप राख्दै बाहिर योजना बनाउनुभयो । योजनाअनुसार निजी सप्लायर्स कम्पनी खोजेर खोप ल्याउने लबिङ गर्नुभएछ ।’

मन्त्री ढकालले सरकारी निकायमार्फत खोप ल्याउन आनाकानी गरको बारेमा रसियन दुताबासले जानकारी पाएपछि निकै खिन्नता प्रकट गरेको मन्त्रालय स्रोतको दाबी छ । ‘बिश्वभर आफ्नो प्रभाब र सफलताको प्रचार गर्न रसियन सरकार जसरी भए पनि नेपाल सरकारमार्फत नै उक्त खोप उपलब्ध गराउन कुटनीतिक पहल अन्तिमसम्म गरेको हो ।’

मन्त्रालय स्रोत भन्छ ‘तर मन्त्रीले नै नचाहेपछि रसियन कुटनीति असफल भयो ।’ ‘नेपालमा जे कुराको पनि बिरोध हुन्छ । यसको पनि बिरोध हुने पक्का छ । त्यसले रसियामाथि नै नकारात्मक जनधारणाको बिकास हुन्छ भनेर रसियनलाई भनिएछ ।’ स्रोतले भन्यो ‘त्यसो भए तपाईहरु खोप नलिने त भनेर रसिया फण्डबाट सोधनी हुदा, यताबाट लिन त लिने तर निजी कम्पनीमार्फत लिने । तोकिएको निजी कम्पनीलाई सरकारले सबै सहुलियत र सहयोग गरेर खोप ल्याउने भनिएछ ।’ यस कुराप्रति चित्त नबुझाएर रसियन राजदूत नोभिकोभले सरकारका अर्का मन्त्री वर्षमान पुन, पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई समेत भेटेर सरकारी माध्यमबाटै खोप लिन आग्रह गरेको थिए ।

प्रधानमन्त्री र स्वास्थयमन्त्री ढकालसँग निकट भनेर जानकारी पाएका राजदुतले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग भेटर निजीभन्दा सरकारी माध्यमबाटै खोप ल्याउने ब्यबस्था गर्न आग्रह गरेको स्रोतले जानकारी दियो ।

तर राजदुतले कतैबाट पनि सहयोग नपाएपछि केही निराश भएको स्रोत बताउँछ । केही दिन सोचेर रसिया फण्डका तर्फबाट रसियन राजदुताबासले सरकारी माध्यमबाट नभए निजी च्यानलबाटै भए पनि खोप दिन तयार रहेको जानकारी गराएको थियो । रसिया फण्डको यस्तो प्रस्ताब आएपछि मन्त्री ढकालले नै आफ्नो पकेटको औषधि सप्लायर्स कम्पनी ट्रिनिटीको सम्पर्क रसियन दुताबासमा गराइएको स्रोतले जानकारी दियो । अहिले रसिया फण्ड र ट्रिनिटी कम्पनीको सम्झौता भइसकेको छ । ट्रिनिटी सप्लायर्स कम्पनी स्वास्थ्य क्षेत्रमा मेडिकल उपकरण खरिद गर्ने गर्छ । बालुवाटारमा अत्यन्त सहज पहुँच बनाएका विशाल पण्डित ट्रिनिटीका लगानीकर्ता हुन् ।

बिगतमा अर्बौ कमिसनको चलखेलमा चीनबाट स्वास्थ्य सामग्री खरिद गरेर ल्याउँदा त्यसको पर्दाफास भएपछि मन्त्री ढकाल बिबादमा मुछिएका थिए । प्रधानमन्त्री केपी ओलीका किचेन क्याबिनेटका ढकाल यो घटनापछि कसरी आफू बिबादरहितढंगले सामान खरिद गर्ने भनेर ध्यान दिन थालेको स्रोतले जानकारी दिएको छ ।

यो प्रकरणमा पनि ठूलो आर्थिक चलखेल भएको हुन सक्ने स्रोतको आशंका छ । ‘यस्तो मारीविरुद्धको खोप सरकारले ल्याएर निःशुल्क वितरण गर्नु पर्ने हो । रसिया सरकारले त्यत्रो आग्रह गर्दासमेत सरकार पछि हटेर निजी कम्पनीलाई अघि सार्नुले ठूलो आशंका पैदा गरेको छ ।’ स्रोत भन्छ ‘ ओली सरकार आधारभूत जिम्मेवारीबाट यसरी पछि हटेर जनताको स्वास्थ्यप्रति कति पनि संबेदनशील छैन भन्ने देखाएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij