२०८३ साउन १० आइतबार

कोरानो संक्रमणबाट थप चार जनाको मृत्यु, २४ घण्टामा अझै थपिने संभावना

ई आर्थिक    बुधबार, असोज ७ २०७७
4.2K
Shares
कोरानो संक्रमणबाट थप चार जनाको मृत्यु, २४ घण्टामा अझै थपिने संभावना

ई–आर्थिक, काठमाडौं । मुलुकका विभिन्न स्थानमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसक्रममा ललितपुरमा थप दुईजनाको मृत्यु भएको छ ।

ललितपुर घर भएका ८० वर्षीय पुरुष र ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ ।

८० वर्षीय ती पुरुषको मेघा अस्पतालमा र ७४ वर्षीय पुरुष भदौ १७ गते अल्का अस्पताल मृत्यु भएको हो । त्यस्तै भेरी अस्पतालमा उपचाररत बर्दियाका ३९ बर्षका पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–३ बनियाभारका उनको बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्यसैगरी झापाका कोरोना संक्रमितको विराटनगरमा मृत्यु भएको छ । मोरङमा उपचाररत झापा भद्रपुरका उनको विराट मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचार भइरहेको थियो ।

यो सँगै देशभर मृत्यु हुनेको संख्या ४२९ बाट ४३३ पुगेको छ । यो तथ्यांक वितेको २४ भन्दा अगाडिसम्मको संख्या हो । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij