२०८३ साउन ९ शनिबार

नेपालमा कोरोना : उपत्यकामा ५१२ सहित देशभर थप एक हजार १७० जना संक्रमित थपिए, १५ जनाकाे मृत्यु

ई आर्थिक    सोमबार, भाद्र २९ २०७७
3.6K
Shares
नेपालमा कोरोना : उपत्यकामा ५१२ सहित देशभर थप एक हजार १७० जना संक्रमित थपिए, १५ जनाकाे मृत्यु

ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार १७० जना संक्रमित थपिएका छन् । योसँगै हालसम्मका कुल संक्रमित ५५ हजार ३२९ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सकृय संक्रमितहरू १५ हजार ३९३ जना रहेका छन् ।

आज काठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी जम्मा ५१२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा एकहजार ८७९ जना संक्रमित संक्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३९ हजार ५७६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ

हाेम आइसाेलेसनमा सातहजार २७५ सहित कुल १५ हजार ३६० पुगेकाे छ । क्वारेन्टिनमा छहजार ८९२ रहेका छन् ।

यसैगरी पछिल्लो चौबीस घण्टामा १५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना भाइरसका कारण मृत्यु भएका ३६० पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij