२०८३ साउन ११ सोमबार

नेपालमा कोरोना : उपत्यकामा ३१ सहित थप २४६ जनामा संक्रमण पुष्टि, कुल संक्रमित २० हजार ३३२

ई आर्थिक    आइतबार, साउन १८ २०७७
5.3K
Shares
नेपालमा कोरोना : उपत्यकामा ३१ सहित थप २४६ जनामा संक्रमण पुष्टि, कुल संक्रमित २० हजार ३३२

ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसका २४६ जना नयाँ संक्रमित भेटिएका छन्। आइतबार काठमाडौं उपत्यकामा ३१ सहित देशभर थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितसँगै नेपालमा कुल संख्या २० हजार ३३२ पुगेको छ ।

यस दिन नयाँ संक्रमित हुनेमा काठमाडौंका २२, ललिपुरका ८ र भक्तपुरका १ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठ हजार ८६१ जनाको स्वाब परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १११ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

यस्तै, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्साको वीरगन्ज महानगरपालिकाकी ६८ वर्षीया महिलाको शनिबार मृत्यु भएको बताए । उनका अनुसार ती महिलालाई ज्वरो, खोकी स्वासप्रस्वासमा समस्या भएपछि शनिबार नारायणीमा रिफर गर्दा बाटोमै मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

नयाँ संक्रमित विवरण :

  • पर्सा ८१
  • काठमाडौं २२
  • सुनसरी १२
  • मोरङ १६
  • धनुषा ३५
  • चिवतन १
  • महोत्तरी ५
  • सर्लाही २
  • बझाङ २
  • डोटी १२
  • कैलाली १०
  • ललितपुर ८
  • बर्दिया १
  • दार्चुला १
  • गोरखा १
  • रौतहट २
  • सिन्धुली १
  • भक्तपुर १
  • कास्की ५
  • बागलुङ १
  • लमजुङ ३
  • स्याङ्जा ८
  • तनहुँ २
  • बर्दिया ९
  • नवलपरासीपूर्व ३
  • रुपन्देही १

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij