२०८३ साउन ९ शनिबार

विवादस्पद ओम्नी सार्वजानिक खरिद अनुगमनको कालोसूचिमा, एक बर्षसम्म कारोवार गर्न नपाउने

ई आर्थिक    सोमबार, भाद्र २९ २०७७
7.2K
Shares
विवादस्पद ओम्नी सार्वजानिक खरिद अनुगमनको कालोसूचिमा, एक बर्षसम्म कारोवार गर्न नपाउने

ई–आर्थिक, काठमाडौं । सार्वजानिक खरिद अनुगमनको कार्यालयले ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै आज सोमबारदेखि ओम्नीलाई एक वर्षसम्म कालोसूचिमा राखेको जनाएको छ । सूचना अनुसार ओम्नीले एक बर्षसम्म कुनै पनि सार्वजानिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैन् ।

ओम्नी नेपालमा कोरोना भाइरस महामारी सुरु भएपछि सरकारको तर्फवाट स्वास्थ्य सामाग्री खरिद गर्न ठेक्का पाउने विवादस्पद कम्पनी हो । तर कम्पनीले बजार मूल्य भन्दा धेरै र एकलौटी सम्झौता गरिएको भन्दै विरोध भएपछि स्वास्थ्य सेवा विभागले सम्झौता रद्ध गरेको थियो ।

सरकारका धेरैजसो नियकासँग ‘राम्रो सेटिङ गर्न सक्ने’ कम्पनी भएकाले पनि सरकारले ओम्नीलाई कालोसूचीमा राख्ने मनासय देखाएको थिएन । तर चौतर्फी दबाबका साथै संसदीय समितिहरुले पनि कालोसूचीमा नराखिएकोबारे चासो दिए पछि कार्यालयले बाध्य भएर कालोसूचीमा राखिएको हुनसक्ने अनुमान लगाइएको छ ।

यो खरिदमा सेटिङ र चलखेल मिलाउन ओम्नीले महंगो मूल्यमा सामान खरिद गरेको थियो । मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको विभागले स्वीकार गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij