ई-आर्थिक, काठमाडौं। बिहीबार नेपालमा थप एक हजार २४६ जनामा कोरना संक्रमण पुष्टि भएको छ । योसँगै देशभरमा कोरोना पुष्टि हुनेको संख्या ५० हजार ४६५ पुगेको छ । जसमध्ये सकृय संक्रमित १४ हजार ४४८ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १४४ वटा पीसीआर परीक्षण भएको छ । यससँगै देशभरी कुल परीक्षण संख्या ८ लाख १० हजार ४८५ पुगेको छ।
काठमाडाैँ उपत्यकामा मात्रै ५७६ जना नयाँ संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडाैँमा संक्रमित थपिएका हुन् । पछिल्लो चौबीस घण्टामा काठमाडाैँमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३८ जनामा संक्रमणको पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज एक हजार ८१८ जना भएका छन् । यसरी हालसम्म ३५ हजार ७०० जना कोरोना मुक्त भइसकेका छन् ।
हाल संस्थागत आइसोलेसनमा आठ हजार १० जना छन् भने होम आइसोलेसनमा ६ हजार ४३८ जना छन् । क्वारेन्टिनमा भने पाँच हजार ८०६ जना रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा ५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा ३१७ जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।