ई-आर्थिक, काठमाडौं। सोमबार नेपालमा ९७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै संक्रमित हुने कुल संख्या ४७ हजार २३६ पुगेको जनाइएको छ । तीमध्ये सकृय संक्रमित १६ हजार २५९ जना छन् ।
आज काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ गरी कुल ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २१८ जनाको आरटी पीसीआर परीक्षण भएकाे थियाे । कुल पीसीआर परीक्षण संख्या ७ लाख ७७ हजार ५६३ पुगेको छ। संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना छन् । होम आइसोलेसनमा ७ हजार १९० जना छन् । क्वारेन्टिनमा चार हजार ७३९ जना संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थप १ हजार ७३६ जना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । कुल संक्रमित मध्ये ६५ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी आज कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३०० पुगेको छ।