२०८३ साउन ९ शनिबार

माधव नेपालको असन्तुष्टिले नेकपामा अब केही फरक पर्दैन : प्रचण्ड

ई आर्थिक    आइतबार, भाद्र २१ २०७७
12.2K
Shares
माधव नेपालको असन्तुष्टिले नेकपामा अब केही फरक पर्दैन : प्रचण्ड

ई–आर्थिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले बरिष्ठ नेता माधब नेपालप्रति असन्तुष्टि जनाएका छन् । महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनलाई बरिष्ठ नेता नेपालले ‘कैफियत’ जनाएपछि उनीप्रति प्रचण्डको असन्तुष्टि चुलिएको हो ।

नेता नेपालले शुक्रबारको सचिबालय बैठकमा प्रतिबेदनलाई सांकेतिकरुपमा दुई अध्यक्षबिचकै लिखित ‘चोचोमोचो’ भनेका थिए । उनले पार्टीभित्रको गम्भीर अन्तरबिरोधलाई दुई अध्यक्षबिचको मात्र अन्तरबिरोधजस्तो गरी कार्यदल प्रस्तुत भएको बताएका थिए । नेता नेपालले पार्टी र सरकार सन्चानलको बिधि, पद्धतिका बारेमा प्रतिबेदन प्रबेश नै नगरेको भन्दै यसलाई यसैरुपमा ग्रहण गर्न नसकिने बताएका थिए । नेपालले कार्यदलको प्रतिबेदनमाथि १५ बुदे असहमतिसमेत राखेका थिए ।

नेता नेपालको यस्तो असन्तुष्टि बाहिरिएपछि पूर्बमाओबादीका नेताहरुले प्रचण्डसमक्ष हाम्रो धारणा के हो भनेर सोधेका थिए । जबाफमा प्रचण्डले त्यो माधबजीको ब्यक्तिगत कुरा मात्र हो, त्यसले केही फरक नपर्ने बताएका थिए । ‘कार्यदलको प्रतिबेदनप्रति मेरो पूर्णसमर्थन छ , तपाईहरुले यसैरुपमा अघि बढ्नुपर्छ । यसमा नै सबैको हित छ ।’ प्रचण्डको भनाई उदृत गर्दै प्रचण्डनिकट एक स्थायी समितिका सदस्यले भने ।

उनका अनुसार शुक्रबार र शनिबार आफूनिकट प्रभाबशाली नेताहरुसँगको भेटमा प्रचण्डले माधबजीको चित्त एकदमै सानो छ । जेमा पनि कचकच गर्ने बानी रहेछ । यसलाई हामीले गम्भीररुपमा लिनुहुदैन । अब माधबजीको कचकचले पार्टीभित्र कुनै समस्या ल्यादैन भनेर प्रष्ट्याएका थिए । ‘कि पार्टी फुटाउनु प¥यो कि कार्यदलको प्रतिबेदन मान्नुप¥यो । हामीसँग अर्को बिकल्प छैन ।’ प्रचण्डको भनाई उदृत गर्दै ती स्थायी समितिका सदस्यले भने ‘पार्टी बिभाजनतिर लैजानु भनेको कम्युनिष्ट आन्दोलन बिसर्जन गरिदिनु हो । यसमा सोच्न पनि सकिदैन । त्यसैले सबै नेता निकट कार्यदलले बनाएको प्रतिबेदन नै मानेर जानुपर्छ ।’

शुक्रबारको बैठकमा प्रचण्डलाई दिइएको कार्यकारी अधिकार कति हो भन्ने प्रश्नसमेत नेपालले उठाएका थिए । यसबारेमा प्रचण्डले आफूले काम गर्न सक्नेजति अधिकार कार्यदलले दिएको पनि बताएका थिए । ‘मलाई पार्टीको काममा केन्द्रित हुने भनिएको छ । कहाँ–कहाँ जाने, के–केमा केन्द्रित हुने भनेर खोज्नै पर्दैन । पार्टी काम भनेको समग्र संगठन, नीति, कार्यक्रम, सैद्धान्तिक सबै कुरा हो ।’ प्रचण्डले भनेका थिए ।

पार्टीले निर्माण गरेको कार्यदल हुनाले अब हिजोको जस्तो समस्या नआउने भन्दै यसमा शंका नगर्न प्रचण्डले भनेका थिए । बैठकमा वरिष्ठ नेता नेपालसँगै झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि कार्यदलको प्रतिवेदन अपुरो र अमूर्त रहेको भन्दै असन्तुष्टि जनाएका थिए । यसबारेमा प्रचण्डले माधबजीले कुरा उठाएपछि अरु नेताहरुले ‘हो मा हो’ मात्रै गरेको जानकारी गराएका थिए । मूल कुरा कार्यदलले दुई अध्यक्षबिच बलियो सहकार्य र सहमति गरेर अघि बढ्नुपर्छ । एकताको मूल स्प्रिट यही हो भनेको छ । अरुको असुन्तुष्टि दुई अध्यक्षले ब्यबस्थापन गर्दै अघि बढ्ने हो भन्ने कुरा छ । यसमा चित्त दुखाउनुपर्ने कुरा केही छैन भनेर प्रचण्डले भनेका थिए ।

प्रचण्डको यस कुराले ओली र उनको बलियो एकता भएको देखिएको ती स्थायी समितिका सदस्यले जानकारी दिए । ‘ओलीले भन्दा प्रचण्डजीले कार्यदलको प्रतिबेदनमाथि बिश्वास गरेको देखियो ।’ उनी भन्छन् ‘यसले अब पार्टीभित्र हिजोको जस्तो समस्या नआउने प्रष्टै देख्न सकिन्छ ।’ यसले प्रचण्डले अब माधब नेपाललाई छाडेको संकेत पनि देखिन्छ । हिजो प्रचण्ड र माधब समूह संयुक्तरुपमा अर्का अध्यक्ष ओलीबिरुद्ध मोर्चाबन्दीमा थिए । ओलीले पार्टी र सरकार एकलौटी सन्चालन गरेको भन्दै दुई नेताहरुले ओलीबिरुद्ध संघर्ष गरेका थिए । समय घर्किदै जाँदा पार्टी फुटको संघारमा पुगेको अनुमान गर्न सकिन्थ्यो । तर साउन २९ गते दुई अध्यक्षबिच भएको भेटबार्तापछि नेकपाभित्रको बिबादले नाटकीय मोड लिएको थियो । ३० गते नै बिबाद मिलाउन भनेर ६ सदस्यीय कार्यदल बन्यो । कार्यदलले आफ्नो सुझाबसहित प्रतिबेदन बुझाई सकेको छ र यसैका आधारमा पार्टीभित्रको अन्तरबिरोध मिलाउने प्रयास भएको छ । तर नेता नेपालले भने प्रतिबेदनको सुझाबलाई आशंकाले हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij