ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को पुनर्गठन हल्ला मात्र भएको बताएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकमा उनले मन्त्रीहरुलाई मन्त्रिपरिषद् पुनगर्ठन हुने हल्ला मात्रै भएको बताएका छन् । हल्लाका पछि नलागी ढुक्कसँग काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीले निर्देशन दिएको समाचार स्रोतल उल्लेख गरेको छ ।
मन्त्रीपरिषद् पनर्गठनको विषयमा धेरैपटक समाचार आइरहेका छन् जुन अफवाह मात्रै भएको प्रधानमन्त्रीले भनेको स्रोतले जानकारी दिए । आफूले कसैलाई फाल्ने र कसैलाई ल्याउने योजना नबनाएको बताउँदै उनले समाचारमा घरी यसलाई फाल्छ घरी उसलाई ल्याउँछ भनेका देख्दा अचम्म लागेको बताए । यस विषयमा आफूले कसैसँग छलफल पनि नगरेको उनको भनाई छ ।
आजको मन्त्रीपरिषद्को बैठकमा बामदेवलाई राष्ट्रियसभामा पठाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय नभएको पनि स्रोतले दाबी गरेको छ ।