२०८३ साउन ९ शनिबार

काठमाडौं उपत्यकामा ४४५ सहित देशभर थप एक हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

ई आर्थिक    बिहिबार, भाद्र १८ २०७७
3.3K
Shares
काठमाडौं उपत्यकामा ४४५ सहित देशभर थप एक हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

ई-आर्थिक, काठमाडौं। बिहिबार नेपालमा एक हजार २२८ जना कोरोना संक्रमित थपिएका छन् । आज थप ३९४ महिला र ८३४ जना पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै संक्रमित हुने कुल संख्या ४२ हजार पुगेको जनाइएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४१३ आटी पीसीआर परीक्षण भएकाे थियाे ।

सकृय संक्रमितहरू १८ हजार ४१३ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ६७१ रहेका छन् । हाेम आइसाेलेसनमा सातहजार ७४२ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २४ हजार २०७ पुगेको छ ।

त्यसैगरी आज कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र २ पुरूष छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २५७ पुगेको छ। यो कुल संक्रमित मध्ये ०.६ प्रतिशतकाे मृत्युदर हो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij