२०८३ साउन ९ शनिबार

युवराज खतिवडा भदौ २० सम्म मात्रै अर्थमन्त्री, अबको अर्थमन्त्रीमा सुरेन्द्र पाण्डे !

ई आर्थिक    बिहिबार, भाद्र १८ २०७७
22.3K
Shares
युवराज खतिवडा भदौ २० सम्म मात्रै अर्थमन्त्री, अबको अर्थमन्त्रीमा सुरेन्द्र पाण्डे !

ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाको थप ६ महिने कार्यकाल भदौ २० गते राती १२ बजेसम्म मात्रै रहने भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडालाई लैजाने अडानबाट एकाएक पछि उनको कार्यकाल नदोहोरिने निश्चित भएको छ । कार्यदलले पेश गरेको प्रतिवेदन र पार्टीमा फेरि विवाद बढ्नसक्ने आंकलन गर्दै उनी पछि हटेका ओली निकट स्रोतले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी र सरकारबीच नियमित परामर्शमार्फत पद्दति विकास गर्न दिएको सुझावलाई सकारात्मकरुपमा लिएको स्रोतले जानकारी दिएको छ । त्यस्तै पार्टीमा थप विवाद बढ्न नदिनका लागि सचिवालय सदस्यहरूसंग परामर्श गरी पार्टीकै प्रस्ताव कार्यान्वयन गर्ने योजनामा पनि प्रधानमन्त्री रहेको स्रोतले बतायो ।

बुधबारसम्म अर्थमन्त्री युवराज खतिवडालाईनै राष्ट्रियसभामा कुनैपनि हालतमा मनोनित गर्ने अडानमा रहेका ओलीले विवादको संभावनालाई मध्यनजगर गर्दै एकाएक ब्याक भएका हुन् । गत फागुन १४ गते केन्द्रीय सचिवालय बैठकमा सर्वसम्मतिले नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न निर्णय गरेको थियो ।

सोहि निर्णयका आधारमा ६ महिनापछि गौतमले निर्णय कार्यान्वयन हुनुपर्ने भन्दै आफ्नो दाबी पेश गरे । गौतमले राखेको पछिल्लो प्रस्तावले ओलीलाई नैतिक र राजनीतिक हिसावले पार्टीको निर्णयको विरुद्धमा जाँदा थप विवाद र संकटको सामना गर्नुपर्ने देखिएको थियो ।

राष्ट्रियसभाको अवधि सकिएका खतिवडालाई मन्त्री बनाएर सूचना, सञ्चार तथा प्रविधि विकास मन्त्रालयको अतिरिक्त जिम्मा, सरकारका प्रवक्ता समेत तोकेर उनी अरु भन्दा प्रिय भएको स्पष्ट संकेत प्रधानमन्त्री ओलीले दिएका थिए ।

स्रोतका अनुसार बुधबार साँझ बालुवाटारमा भएको भेटमा उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रियसभामा लागेको खण्डमा ओलीलाई अझैबढी सहयोग गर्ने बचन दिएका छन् । एकातिर गौतमको साथ पाइने र अर्कातिर पार्टीको विवाद पनि समाधान हुने देखिपछि प्रधानमन्त्री ओली ब्याक भएको चर्चा समेत पार्टीवृतमा चलेको छ ।

खतिवडा पछि अर्थमन्त्रीको संभावित उम्मेद्वारमा सुरेन्द्र पाण्डेको चर्चा चल्ने गरेको छ । पछिल्लो यो घटनाक्रमले उनैलाई फाइदा पुग्ने समेत देखिएको छ ।

प्रधानमन्त्री ओलीको हिसाव अनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष, गौतमलाई राष्ट्रियसभामार्फत मन्त्री र पाण्डेलाई अर्थमन्त्री दिएमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल समेत समेत खुसी हुने बताइन्छ । त्यसो त पछिल्लोटक देखिदै गरेको यो परिदृष्यले पार्टीको धेरै हद्सम्मको विवाद मिल्ने संभावना रहेको समेत बताइदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij