ई–आर्थिक, काठमाडौं । नेपालमा थप ८९९ जना्मा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ३०३ महिला र ५९६ जना पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै संक्रमित हुने कुल ३९ हजार ४६० पुगेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २१ हजार ४१० पुगेको छ ।
विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ३३७ रहेका छन् ।
त्यसैगरी आज चार वर्षको बालिकासहित सात जनाको निधन भएको छ।