२०८३ साउन १० आइतबार

संघीय अर्थमन्त्री खतिवडासहित मन्त्रीहरु हेरफेर हुन्छन्, प्रदेशका मुख्यमन्त्री कोही पनि फेरिदैनन् : प्रधानमन्त्री ओली

ई आर्थिक    आइतबार, भाद्र १४ २०७७
18.2K
Shares
संघीय अर्थमन्त्री खतिवडासहित मन्त्रीहरु हेरफेर हुन्छन्, प्रदेशका मुख्यमन्त्री कोही पनि फेरिदैनन् : प्रधानमन्त्री ओली

ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रैमा संघीय मन्त्रीमण्डल पुनर्गठन हुने संकेत गरेका छन् । प्रधानमन्त्री ओलीले त्यसबारेमा आफूले गृहकार्य गरिरहेको पनि जानकारी दिएका छन् । एक टेलिभिजन अन्तरबार्तामा ओलीले संघीय मन्त्रीपरिषद पुनर्गठनलाई स्वभाबिक प्रक्रिया भएको पनि बताएका छन् ।

मन्त्रीहरु परिबर्तन गर्ने नगर्ने भन्ने बिषय प्रधानमन्त्रीको बिशेषाधिकार भएको हुनाले यसबारेमा आफूले उचित निर्णय लिने ओलीको भनाई छ । मन्त्रीहरु परिबर्तनका लागि पार्टीभित्र अरु बरिष्ठ नेताहरुसँग पनि परामर्श हुने उनले जानकारी गराए । तर पार्टी र अन्य नेताहरुको उचित सुझाब मात्र लिन सकिने पनि उनको भनाई थियो ।

यसले प्रधानमन्त्री ओलीले मन्त्रीपषिद पुनर्गठन गरे पनि आफ्नै रोजाईका मात्र मन्त्री बनानउन सकिने संकेत गरेका छन् । ‘प्रधानमन्त्री सरकारको प्रमुख ब्यक्ति भएकाले कस्तो टिमसँग काम गर्ने भन्ने उसैको कुरा हो ।’ ओलीले यसो भन्दै संकेत गरेका छन ‘अरु पार्टीको पनि राय सुझाब लिन सकिन्छ, तर उपयुक्त लागेन भने त्यो कार्यान्वयन गर्न बाध्यकारी हुनुपर्दैन ।’

अहिलेसम्म सबै मन्त्रीहरुसंग आफू सन्तुष्ट रहेको पनि प्रधानमन्त्रीले बताएका छन् । सबैले मन्त्रीहरुले आफ्नो बिबेक र क्षमताले भ्याएसम्म काम गरेका छन् र आफ्नो योजनामा साथ दिइरहेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्रीको यो कुरा भने बिबादमा परेको छ । कतिपय मन्त्रीहरु अहिले निकै ठूलो बिबादमा तानिएका छन् । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि स्वास्थ्य सामग्री खरिदमा ठूलो घोटाला गरेको आरोप छ । बजार मूल्यभन्दा चार गुणासम्म महंगोमा सामान खरिद गर्न उनीहरुले अत्यन्त ठूलो चलखेल गरेको सार्बजनिक भइसकको छ । सार्बजनिक खरिद ऐनलाई छल्दै गुणस्तरहीन सामग्री अध्याधिक महंगोमा आफू निकट ब्यबसायीमार्फत खरिद गरेको प्रमाणित भएपछि सरकार आफैले उक्त प्रक्रिया रोकेर जीटुजीका माध्यमबाट सामग्री खरिद गर्ने निर्णय गरेको थियो । यस्तो तथ्यलाई ढाकछोप गर्दै सबै मन्त्रीहरुले राम्रो काम गरेको भन्ने प्रधानमन्त्रीको अभिब्यक्तिले अपारदर्शिता र अनियमितता अझ बढ्न सक्ने चिन्ता ब्यक्त गरिएको छ ।

प्रधानमन्त्री ओलीले संघीय मन्त्रीपरिषद पुनर्गठन गर्दा अर्थमन्त्री युवराज खतिवडालगायत मन्त्रीहरु बहिर्गमनमा पर्न सक्ने पनि संकेत गरेका छन् । मन्त्री खतिवडाप्रति आफू बिस्वस्त र सन्तुष्ट हुदाहुदै पनि कार्यकारीले बिभिन्न कारणबस कहिलेकाही आफैले अप्रिय निर्णय लिनु पर्ने ओलीको भनाई छ ।

यसो भनेर उनले पार्टीभित्रको अन्तरबिरोध मिलाउन उनलाई हटाउन सकिने संकेत गरका हुन । पार्टीभित्रको समस्या समाधानका लागि बनेको कार्यदलले मन्त्रीपरिषद पुनगर्ठन गरेर अघि बढ्न दुई अध्यक्षलाई सुझाब दिएको छ । मन्त्रीमण्डल पुनर्गठन गरेर केहीलाई बिदाई र केहीलाई जिम्मेवारी दिएर सबै नेताहरुको भाबना समेटे मात्र पार्टीमा स्थायी शान्ति छाउने प्रतिबेदनको निस्कर्ष छ ।

उता प्रदेशका मुल्यमन्त्रीहरु भने कोही परिबर्तन नहुने प्रधानमन्त्री ओलीले प्रष्टसँग भनेका छन् । मन्त्रीहरु तलमाथि गर्न सकिने भए पनि संघीय प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्री कुनै हालतमा परिबर्तन नहुने ओलीको भनाई छ । प्रधानमन्त्री र मुख्यमन्त्री परिबर्तन गर्नृ भनेको राजनीतिक अस्थिरता सुरु गर्नु भएको भन्दै प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरु चुनाबपछि मात्रै परिबर्तन हुने प्रष्ट पारेका छन् ।

पार्टीभित्रको किचलोको अन्त्य गर्न केही मुख्यमन्त्री परिबर्तन गरेर सबै नेताको भाग पु¥याउने अनुमान गरिएको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले यस्तो बताएका हुन । खासगरी प्रदेश १, बागमति र प्रदेश ५ को मुख्यमन्त्री परिबर्तन हुने चर्चा चुलिएको थियो । प्रधानमन्त्रीको यो भनाई त्यसको अन्त्य गरिदिएको छ । प्रधानमन्त्री पार्टीको प्रथम अध्यक्षसमेत भएकाले उनले नचाहेमा मुख्यमन्त्री परिबर्तन गर्न सम्भब छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij