२०८३ साउन १० आइतबार

ओलीद्वारा दुबै पद आफैमा राख्न कार्यदलमाथि दबाब, भनेअनुसार काम गरे मन्त्री बनाउने प्रलोभन

ई आर्थिक    बिहिबार, भाद्र ४ २०७७
16.9K
Shares
ओलीद्वारा दुबै पद आफैमा राख्न कार्यदलमाथि दबाब, भनेअनुसार काम गरे मन्त्री बनाउने प्रलोभन

ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपां) भित्रको अन्तरबिरोध मिलाउन गठित कार्यदलमाथि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिन थालेका छन् । प्रधानमन्त्री र अध्यक्ष दुबै पद आफूमाथि यथावत राखेर सहमतिको प्रतिबेदन बनाउन ओलीले दबाब बढाएका हुन । कार्यदलको प्रतिबेदनअनुसार पार्टीले संस्थागत कदम चाल्ने हुनाले ओलीले आफ्ना दुबै पद सुरक्षित राख्न यस्तो दबाब दिएका हुन ।

कार्यदलमा प्रचण्ड–माधब नेपाल समूहको बहुमत भएकाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीमा निकै छटपटी देखिएको छ । कार्यदल गठनपूर्ब नै जनार्दन शर्मा र पम्फा भुसालसँग ओली आफैले एक पटक कुरा गरेका थिए । दुबै नेताहरुले दुबै पदमा ओली नै रहन आफूहरुले सहयोग गर्ने ग्रिन सिग्नल दिएपछि कार्यदल बनेको थियो । ओलीले शर्मा र भुसाल प्रचण्डनिकट भए पनि आफ्नो स्वार्थबिपरित जाँदैनन् भन्ने बिश्वासका साथ उनीहरुलाई कार्यदलमा राखेका थिए । तर ‘रात रहे अग्राख पलाउँछ’ भने झै कतै उनीहरुले पूर्ब सल्लाहबिपरित प्रतिबेदन बनाउने हुन कि भन्ने पिरलो रहेको स्रोतले बताएको छ ।

कर्यदलले ल्याउने प्रतिबेदनको आधारमा ओलीका पदको निर्धारण हुने छ । प्रचण्ड–माधब नेपाल समूहले ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नु पर्ने अडान राख्दै आएका छन् । कार्यदलमा रहेका भिम रावल र सुरेन्द्र पाण्डे यो प्रस्ताबका कट्टर समर्थक हुन । ६ सदस्यीय कार्यदलमा ओलीनिकट महासचिब बिष्णु पौडेल र शंकर पोखरेल गरी दुई जना मात्र छन् । शर्मा र भुसालले पनि दुईमध्ये एक पदमा रहनुपर्ने सहमति गरे भने ओलीले एउटा पद छाड्नै पर्ने हुन्छ । ओली भने दुबै पद कुनै हालतमा पनि नछाड्ने अडानमा छन् । पद छाड्नु परे पार्टी बिभाजन हुने उनले चेतावानी दिइसकेका छन् । पदका लागि पार्टी बिभाजन नै गर्न तयार रहेका ओलीका लागि यो कार्यदलको प्रतिबेदन जीबनमरणको सवाल हुनेछ । त्यसैले उनले कार्यदलमाथि दुबै पद आफैमा राख्न दबाब दिन थालेका हुन । स्रोतका अनुसार बिष्णु पौडेलमाथि पनि ओलीलाई पुरापुर भरोसा छैन । ओलीले कार्यदलमा रहेकामध्ये सतप्रतिशत बिश्वास गर्ने पोखरेल मात्र हनु । पौडेल कहिले बामदेब गौतम त कहिले प्रचण्डसँगका एजेण्डामा तलबितल गरिरहने नेता भएकाले ओलीले पुरै बिश्वास गरेका छैनन् । ‘बहुमत सदस्यले यस्तो निर्णय गरिहाले’ भनेर पौडेलले भन्न सक्छन भनेरै ओलीले कार्यदलमाथि दैनिक निगरानी बढाएको स्रोत बताउँछ ।

ओलीले बामदेब गौतमको लाइनबाट सहमतिको प्रतिबेदन दिन भनेको स्रोतले उल्लेख गरको छ । गौतमले केही दिनअघि पार्टीभित्रको समस्या निराकरणका लागि ६ बुदे लिखित प्र्रस्ताब पेश गरेका थिए । उक्त प्रस्ताबमा पार्टी बिभाजन हुनबाट रोक्न ओलीलाई तत्काल दुबै पद दिनु पर्ने उल्लेख छ । पार्टीको महाधिबेशनबाट मात्र ओलीलाई अध्यक्षबाट हटाउनु पर्ने र निर्बाचनपछि मात्र प्रधानमन्त्रीमा पनि बिकल्प खोजिनुपर्ने उनको आसय छ । यसका लागि प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका निर्बाह गर्न बाटो खुला गर्नुपर्ने गौतमको प्रस्ताब छ । यो प्रस्ताबलाई ओलीले पनि मन पराएका छन् । त्यसैले ओलीले यसै लाइनमा प्रतिबेदन दिन कार्यदलका सदस्यहरुलाई भनिरहेका छन् ।

आफूअनुकुल प्रतिबेदन दिए आकर्षक मन्त्रालय दिन सकिने पनि ओलीले प्रलोभन दिन थालेको स्रोतले जनाएको छ । शर्मालाई गृह वा अर्थ, पाण्डेलाई अर्थ वा भौतिक, रावललाई उपप्रधानसहित परराष्ट्र र भुसाललाई सन्चारको प्रलोभन दिन थालिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij