२०८३ साउन ९ शनिबार

सुरक्षाकर्मी कोरोना संक्रमणको उच्च जोखिममा, नेपाल प्रहरीका दुई डीआईजीलाई पनि कोरोना संक्रमण पुष्टि

ई आर्थिक    आइतबार, साउन ३२ २०७७
6.5K
Shares
सुरक्षाकर्मी कोरोना संक्रमणको उच्च जोखिममा, नेपाल प्रहरीका दुई डीआईजीलाई पनि कोरोना संक्रमण पुष्टि

ई–आर्थिक, काठमाडौं । नेपालका सुरक्षाकर्मीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् । धेरै सुरक्षाकर्मीहरुलाई कोरोना भाइरस संक्रमण भएसँगै यो कुरा पुष्टि भएको हो ।

यसैक्रममा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) डिआईजीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अस्पतालमा गरिएको प्रहरी अधिकारीको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । सो अस्पतालमा हालसम्म ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
यसअघि प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा संक्रमण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij