ई-आर्थिक, काठमाडौं। नेपालमा थप ४८४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै बुधबार नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४ हजार ४३२ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित सात हजार ६१३ जना रहेका छन् ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ६४ रहेको छ । हालसम्म नेपालमा १६ हजार ७२८ जना कोरोना मुक्त भएका छन् ।
हाल आईसोलेसनमा ७ हजार ६१३ जना छन् भने क्वारेन्टिनमा १४ हजार ८४६ जना छन् । पछिल्लो २४ घण्टामा १० हजार ४८२वटा पीसीआर परीक्षण भएको छ । योसँगै कुल पीसीआर परीक्षण संख्या ४ लाख ७३ हजार १७९ पुगेको छ । यसैगरी पर्सा, महोत्तरी, रौतहट र काठमाडौंमा ५०० भन्दा बढी संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा आठजना सङ्क्रमितको मृत्युसँगै मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे छ ।