२०८३ साउन ९ शनिबार

बुद्धको ७२ सिटे जहाज सिमरामा उड्ने, परीक्षण उडान सम्पन्न

ई आर्थिक    शुक्रबार, साउन २३ २०७७
12.8K
Shares
बुद्धको ७२ सिटे जहाज सिमरामा उड्ने, परीक्षण उडान सम्पन्न

ई–आर्थिक, काठमाडौं । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं–सिमरा उडान भर्ने भएको छ । बुद्धले सिमरा विमानस्थलमा एटीआर–७२–५०० सिरिजको जहाजले सफल परीक्षण उडान समेत सम्पन्न गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुद्धले सिमरामा उडान परीक्षण गरेको हो । बुद्धले १७ जना हवाई प्राविधिक सहितको टोली लिएर काठमाडौंबाट सिमराको परीक्षण उडान गरेको हो ।

बुद्ध एयरको उक्त जहाजले दक्षिण र उत्तर गरी दुवैतर्फबाट उडान तथा अवतरण सफल भएको बताएको प्राधिकरण स्रोतल उल्लेख गरेको छ । जहाजको परीक्षण उडानको समयमा नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको बुद्ध एयरले जानकारी दिएको छ । सिमरामा यसअघि बद्धका एटीआर ४२–३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र उडान गर्दै आएको थियो ।

बुद्धले चैत ११ गतेअघि दैनिक ७–९ वटा सेड्युलबाट नियमित उडान गर्दै आएको कम्पनीले भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर–७२ ले उडान गर्ने योजना बनाएको छ । नेपालको सबैभन्दा पूरानो सिमरा विमानस्थलको लम्बाई ११९० मिटर रहेको छ । बुद्ध एयरसँग ८ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा बीच १९०० ‘डी’ जहाज छन् ।

औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल व्यस्त गन्तब्य हो । भदौ १ बाट हुने उडानका लागि बद्ध एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी समेत गरिसकेको जानकारी दिएको छ ।

यात्रुको दोहोरो तापक्रम चेकजाँच, हृयाण्ड सेनिटाइजर, फेसमास्क र फेससिल्डको अनिवार्य प्रयोग लागू गरेको पनि सो एयरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij