२०८३ साउन ९ शनिबार

प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

ई आर्थिक    बिहिबार, साउन २२ २०७७
3.5K
Shares
प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

ई–आर्थिक, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डसहित परिवारका सबै सदस्यमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रचण्डको स्वकीय सचिवालयका तर्फबाट फेसबूकमा सन्देश लेख्दै छोरी गंगा दाहालले प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकी हुन् ।

तर, प्रचण्डको बाहिरी घेराको सुरक्षामा रहने ६ जना सुरक्षाकर्मीमा भने कोरोना पोजिटिभ देखिएको उनले बताएकी छिन् ।

‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरू, सुरक्षाकर्मीहरू र सचिवालयका सदस्यहरूले कोभिड- १९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ । उक्त ६ जनाबाहेक हामी सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँदछु,’ दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छिन् । उनले कोरोना पोजेटिभ देखिएका सुरक्षाकर्मीलाई शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij