२०८३ साउन १० आइतबार

नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन ४१८ थपिएर २० हजार ७५० संक्रमित पुगे

ई आर्थिक    सोमबार, साउन १९ २०७७
9.4K
Shares
नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन ४१८ थपिएर २० हजार ७५० संक्रमित पुगे

काठमाडौ‌ं उपत्यकामा ५१ नयाँ संक्रमित थपिए

ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ४१८ जना नयाँ सङ्क्रमित थपिएर नेपालमा कुल सङ्क्रमितको संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा सो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ६३७ जनाको स्वाब परीक्षण गरिएको छ । हालसम्म तीन लाख ९८ हजार ९०७ जनाको आर टी पीसीआर परीक्षण गरिएको छ । त्यस्तै हाल दश हजार ४५२ जना क्वारेन्टिनमा रहेको छन् ।

पछिल्लो चौबीस घण्टामा ३५८ जना सङ्क्रमित निको भएर घर फर्केका र योसँगै हालसम्म १४ हजार ९६१ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यसैबीच वितेका २४ घण्टा भित्र काठमाडौ‌ं उपत्यकामा ५१ नयाँ संक्रमित थपिएका छन् । ती मध्ये काठमाडौंमा ४३ जना, ललितपुरमा ३ जना र भक्तपुरमा ५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाकै कारण नेपालमा हालसम्म ५७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij