२०८३ साउन ९ शनिबार

कोरोना भाइरसबाट पर्सामा जगदम्बा इन्टरप्राइजेजका सीईओ सहित तीनको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुग्यो

ई आर्थिक    शुक्रबार, साउन १६ २०७७
11.1K
Shares
कोरोना भाइरसबाट पर्सामा जगदम्बा इन्टरप्राइजेजका सीईओ सहित तीनको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुग्यो

ई–आर्थिक, वीरगञ्ज : पर्साको बीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट एक व्यापारीको मृत्यु भएको छ । पर्सामा एकैदिन विहीबार व्यापारी जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृत (सीईओ) सहित तीन जनाको मृत्यु भएको हो । कोरोना भाइरसबाट संक्रमित जगदम्बा इन्टरप्राईजेजका ५६ वर्षीय सीईओको नारायणी अस्पताल अन्तरगतको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारत थिए । उपचारकै क्रममा उनको बिहीबार राति पौनै ११ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

त्यसैगरी गण्डक अस्थायी कोभिड अस्पतालमा शंकास्पद कोरोना संक्रमितको रुपमा साउन १३ गते देखि उपचार गराई रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवकको पनि विहीबारै मृत्यु भएको थियो । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका ७० वर्षिय वृद्धको आफ्नै घरमा मृत्यु भएको थियो । विहीबार मृत्युभएका दुबै जनाको पिसिआर परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएका थियो । पर्सामा विहीबार भएको तीनजनाको मृत्युसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

कोरोना भाइरस संक्रमित ती सीईओ मुुटुसम्बन्धी रोगबाट समेत पीडित थिए । उनको केही समयअघि मात्रै मुटुको बाइपास शल्यक्रिया गरिएको थियो ।

त्यस्तैगरी नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा शंकास्पद कोरोना संक्रमितको रुपमा साउन १३ गते देखि उपचार गराई रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवकको विहीबार मृत्यु भएको थियो ।

३५ वर्षिय युवकको विहीबार बेलुकी ८ बजे उपचारकोक्रममा मृत्यु भएको हो भने राती सुतेका ७० वर्षिय वृद्ध बिहान मृत अवस्थामा आफ्नै घरमा फेला परेका हुन् । दुबै मृतकमा कोरोना संक्रमण भएको विहीबार राती १० बजे पुष्टि भएको हो । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालमा गरिएको स्बाव परिक्षणमा मृतक दुबै जनाको रिर्पोट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij