ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोनाका थप १०९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा १०९ जना नयाँ संक्रमित फेला परेको पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या १८ हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रा. डा. जागेश्वर गाैतमले बताए ।
आज संक्रमित हुनेमा झापा १, खोटाङ १, सप्तरी ११, पर्सा ८, रौतहट ४, सर्लाही १, चितवन १, बारा ३, मकवानपुर १, नवलपरासीपूर्व ४, काठमाडौं २, ललितपुर १, अछाम १, गुल्मी ३, कपिलवस्तु ६, पाल्पा ४, बाँके २, बर्दिया २, दाङ ५, तनहुँ १, अछाम २, कालीकोट ३, दैलेख ३, हुम्ला १, जाजरकोट ६, मुगु २, सुर्खेत ११, डढेलधुरा ८, डोटी १३, बैतडी ३ जना रहेका छन्।
यस्तै, विगत २४ घण्टामा १०६ जना निकाे भएर डिस्चार्ज भएका छन्। यो सँगै निकाे हुनेकाे सङ्ख्या १३ हजार ०५३ पुगेकाे छ ।
कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक पुष्टि गरेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले दिएको जानकारीअनुसार बारा परवानीपुरकी १७ वर्षीया किशोरीको मृत्यु भएको हो । याेसँगै नेपालमा काेरानाका कारण मृत्यु हुनेकाे सङ्ख्या ४५ पुगेकाे छ । मन्त्रालयका प्रवक्ता गौतमले कोभिड–१९ बाट निको हुने दर ७०.६ प्रतिशत पुगेको जानकारी दिए ।