२०८३ साउन १० आइतबार

सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

ई आर्थिक    शुक्रबार, साउन ९ २०७७
8.7K
Shares
सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

ई–आर्थिक, काठमाडौं । मुलुकको पूर्वी सीमा नाकामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार दुई जवानमा कोरोना देखिएकोमा शुक्रबार थप १८ जनामा कोरोना​ देखिएको हो ।

आज मात्रै सशस्त्र प्रहरीका १८ सहित झापामा २५ जनामा संक्रमण पुष्टि भएको छ । साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको जनाईएको छ ।

सशस्त्र प्रहरीको एक महिला सहित १८ जनामा कोरोना पुष्टि भएसगै सो सशस्त्र प्रहरी क्याम्पलाई सील गरिएको छ । झापामा शुक्रवार अन्य बिर्तामोड नगरपालिकामा एक जना पुरुष, बाह्रदशी र झापा गाउँपालिकामा समेत थप ३/३ जना पुरुषमा कोरोना भाइरस रहेको पुष्टि भएको छ । यो सङ्ख्या समेत गरि झापामा जम्मा ३४५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij