२०८३ साउन ९ शनिबार

सत्तारुढ नेकपाको बिबादमा प्रचण्डको अस्थिर चरित्रको प्रभाब

ई आर्थिक    सोमबार, साउन ५ २०७७
12.2K
Shares
सत्तारुढ नेकपाको बिबादमा प्रचण्डको अस्थिर चरित्रको प्रभाब

ई–आर्थिक, काठमाडौं । यतिबेला नेपालको राजनीतिक बृत्तमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिबादको चर्चाले शीर्ष स्थान लिएको छ ।

बिगत एक महिनादेखि नै नेकपाभित्रको अन्तरबिरोधले सबैको ध्यान खिचिरहेको छ । सही ब्यबस्थापनको अभाबमा अन्तरबिरोध शत्रुतापूर्ण बन्न जाँदा कम्युनिष्ट पार्टीहरु टुट्ने÷फुट्ने गरेको हाम्रै मुलुकमा पर्याप्त उदारहण छन् । नेकपाभित्रको अन्तरबिरोध पनि पूर्णरुपमा शत्रुतापूर्ण भइनसके पनि मित्रवत अन्तरबिरोध भने लगभग सकिने क्रममा छ । प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद त्याग्नु पर्ने प्रचण्ड–माधब नेपाल समूहको एजेण्डाले रन्थनिएर आफूलाई भारतको इशारामा पार्टीभित्रबाटै हटाउन खोजिदैछ भन्ने केपी ओलीको सार्बजनिक अभिब्यक्तिले नेकपाभित्र गहिरो संकट परेको सूचना सम्प्रेषण गरेको छ । यो ओलीले आफूमाथि परेको संकटको मोचनका लागि पद त्यागको एजेण्डालाई बिषयान्तर गर्न फालिएको कार्ड हो भन्ने प्रष्ट बुझ्न सकिने बिषय हो । यद्यपि यसले पार्टीभित्रको अन्तरसंघर्ष शत्रुतापूर्ण भएको देखाउँछ । ओलीले प्रष्टरुपमा प्रचण्ड–माधब समूहलाई भारतको गोटीका रुपमा चित्रित गरिसकेका छन् ।

मुलुकको कार्यकारी प्रमुखले नै यो आरोप लगाएको हुनाले राजनीतिमा यसलाई चानचुनेरुपमा लिन सकिदैन । प्रचण्ड–माधब समूहको जीबनमा यो आरोप केही समयमै भुल्न सकिने खालको छैन र यसले पार्टीभित्रको तिक्तता, अश्विास र असहयोगलाई निरन्तर बढाइरहने देखिन्छ । उग्र राष्ट्रबादको हावा चलेको बेला यस्तो आरोप लाग्नेहरुको राजनीतिक जीबनमा निकै उतार चढाब ल्याउन सक्छ । तर माधब–प्रचण्ड समूह यस्तो आरोपको प्रभाबकारी खण्डन गराउन जरुरी ठानेको छैन । उक्त समूहले ओलीको मनसाय सबैले बुझेको हुदा यसमा समय खेर फाल्नुको तुक नरहेको बताउँदै आएको छ ।

अन्तिम अस्त्रको रुपमा फालेको राष्ट्रबादको कार्डले प्रभाबकारी काम नगरिरहेको बेला प्रचण्डको अस्थिर चरित्र भने ओलीका लागि संजिबनी बुटीको काम गर्न सक्ने संकेत देखिदै छ । प्रचण्डको अस्थिरताले प्रचण्ड–माधब समूहभित्र निकै ठूलो दरार आएको देखिन्छ । खासगरी माधब समूहमा प्रचण्डप्रति निकै ठूलो अबिश्वास जागेको छ । कुनै पनि बेला प्रचण्डले आफ्नो स्थार्थमा टिमलाई धोका दिएर ओलीको जालमा पर्न सक्ने माधब समूहको आशंका छ ।

शनिबार र आइतबारको नाटक
गएको शनिबार भने नेकपाभित्रको परिस्थिति नाटकीय रुपमा बदलियो । नाटक मन्चनको मूल पात्रमा प्रचण्ड देखा परे । शनिबारको सचिबालय बैठकमा ओलीले मंसिरमा महाधिवेशन गराउने प्रस्ताब फाले । प्रचण्डले अरु दिनजस्तो गरी उक्त प्रस्ताबप्रति कुनै शंका गरेनन् मात्र होइन, सकारात्मक भाबभंगिमा प्रस्तुत भए । यसले ओली र प्रचण्डबीच चोचोमोचो मिलिसकेको सन्देश बाहिरियो । यति मात्र होइन, सोही रात शीतलनिवासमा राष्ट्रपतिलाई साक्षी राखेर केपी ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माबीच थप लामो छलफल समेत भयो । यसले प्रचण्ड र ओली मिलेकै हुन् भन्ने थप सन्देश गयो । थप आशंका के भयो भने पूर्वएमालेतर्फका केही स्थायी कमिटी सदस्यहरुले शनिबार बिहानै प्रचण्डसँग भेट गर्ने समय मागेका थिए । तर, प्रचण्डले आइतबार बिहान ९ बजे मात्र खुमलटार आउने गरी समय दिएका थिए । यो सबै कुराले माधब निकट नेताहरुको मनमा बाघ कराउने र बाख«ो हराउने जस्तै भयो ।

आईतबार बिहान खुमलटारमा भएको माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहित खुमलटारमा स्थायी समितिका बहुसंख्यक नेताहरुसंग भने प्रचण्डले आफूलाई प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा पु¥याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको आफूलाई महसुस भएको बताए । ओलीसँग कुनै सम्झौता नगरेको स्पष्टीकरण दिदै प्रचण्डले आफू केपी ओलीतिर लाग्नै नसक्ने जबाफ पनि दिए । उता मंसिरमा अर्ली महाधिवेशन गर्ने केपी ओलीको प्रस्तावमा सहमति जनाएका प्रचण्ड १२ घण्टा नबित्दै पछि हटेको ओली पक्षका नेताहरुको आरोप लगाएका छन् । उनीहरुको दाबी के छ भने विष्णु पौडेल र जनार्दन शर्माले ओली र प्रचण्डवीच ११ बुदे सहमतिको मस्यौदा नै तयार पारिसकेका थिए । यसले प्रचण्डमा देखिएको अस्थिर चरित्र पुनः सतहमा पोखिएको छ ।

प्रचण्ड अस्थिरताको केही झलक
प्रचण्ड कतिसम्म अस्थिर छन् र त्यसलाई कसरी उपयोग गर्नुपर्छ भन्ने कुराको जानकारी केपी ओलीजतिको अरु कसैले बुझेको छैन । प्रचण्डको त्यही अस्थिर चरित्रलाई ओलीले पार्टीभित्र होस वा बाहिर पटक–पटक उपयोग गर्दै आएका छन् । धेरै टाढा जानै पर्दैन, नयाँ संबिधान जारी भएपछि शुसिल कोइरालाको बिरुद्ध ओलीले प्रचण्डलाई उपयोग गर्दै ०७२ साल असोज २४ गते पहिलो पटक नेकपा आफू सत्तासिन भएका थिए ।

०७३ साल साउन ९ गते काँग्रेसले आफूबिरुद्ध प्रचण्डलाई उपयोग गर्नुको पछाडि प्रचण्डकै अस्थिर चरित्र भएको पनि ओलीले राम्रोसँग बुझेका छन् । प्रचण्डको त्यो अस्थिरताप्रति राम्रो दख्खल भएका ओलीले संघीय र प्रदेश चुनाबलाई ध्यानमा राखेर फेरि पार्टी एकताको नाममा कांगे्रसबाट प्रचण्डलाई फुत्काएर आफूतिर ल्याए । खासमा ओलीले प्रचण्डलाई पार्टी एकता गर्ने गरी भित्र्याएकै होइनन् । आफ्नो लागि पाँच बर्षसम्म सत्ताको सुनिश्चितताको लागि मात्र ओलीले पार्टी एकताको नाटक गरेर त्यसभित्र प्रचण्डलाई भूलभुलैयामा पारेका हुन ।

सत्ताको उपदेयिता रहुन्जेल पार्टी एकताको रटान पनि ओलीले लगाइरहने छन् । तर जब प्रचण्डको उपदेयिता सकिन्छ तब ओलीले एकता भंग भएको घोषणा गर्नेछन् । ओली एकतामा ईमान्दार हुन्थे भने अहिलेसम्म पार्टी एकता प्रक्रिया टुंगिसक्ने थियो । प्रचण्डले भने साँच्चिकै पार्टी एकता भएको भ्रम पालेर बसेका छन् । उन्ले बिशाल कम्युनिष्ट पार्टीको नेत्रृत्व गर्ने र फेरि प्रधानमन्त्री हुने सपना देखिसकेका छन् । त्यसैले उनी पूर्बएमालेभित्रको अन्रबिरोधमा खेल्न खोजिरहेका छन् । पूर्बएमालेमा बिग्रह नल्याए आफ्नो ध्येय पुरा नहुने उन्को बुझाई ठीकै देखिन्छ । यद्यपि उनी परिपक्वढंगले खेल्न भने सकेको देखिदैन । कहिले ओलीतिर कहिले माधबतिर ढल्कने उनको चाल कच्चा मात्र देखिएको छैन, अस्थिर चरित्रकै पुनराबृत्ति भएको सन्देश गइरहेको छ ।

अब के होला ?
प्रचण्डले पछिल्लो पटक प्रदर्शन गरेको अस्थिर चरित्रले नेकपाभित्रको बिबादमा निकै असर देखिएको छ । ओली खासमा प्रचण्ड र माधब नेपाल समूहमा बिग्रह ल्याउन चाहन्छन् । प्रतिपक्ष कमजोर बनाउने यो स्वभाबिक रणनीति पनि हो । केही दिनअघि मात्र ओलीले बिबाद समधानका लागि भनेर आफ्ना दुई र प्रचण्डका दुई दोस्रो तहका नेता रहेको टिमको प्रस्ताब गरे । जसको उद्धेश्य माधब नेपाल समूहले प्रचण्डमाथि आशंका गरुन र उनीहरुको एकता भाँडियोस भन्ने थियो । त्यतिबेला प्रचण्डले आफ्ना दुईमध्ये माधब नेपालनिकट एक ब्यक्तिको प्रस्ताब गर्नुपथ्र्यो । तर प्रचण्ड ओली जालमा परे । अनि आफ्ना दुई नेता मात्र त्यस समूहमा सामेल गराए । यसले ओलीले सोचेकै भइदियो ।

देशभर माधब नेपालनिकटले प्रचण्डले धोका दिए र उनलाई बिश्वास गरेर संगै हिड्न सकिदैन भनेर ब्यापक प्रचार भयो । त्यसयताका गतिबिधिले यो प्रचार केही हदसम्म चिरिदै थियो र माधब समूहले प्रचण्डमाथि बिश्वास गर्न खोज्दै थियो । फेरि शनिबार उनले आफ्नो अस्थिर चरित्र देखाइहाले । आफूलाई परिबन्दमा पारेर शितल निबास पु¥याइएको र ओलीसँग कुनै सम्झौता नगरेको प्रचण्डले माधब नेपाल र आफ्नो समूहमा आइतबार स्पष्टीकरण दिए पनि उनीप्रति खडा भएको अबिश्वासको पहाड सजिलै अब ढल्ने देखिदैन । यही कारण माधब नेपाल समूहका नेता कार्यकर्ताहरुले प्रचण्डलाई छाड्नु पर्ने, बरु ओलीसँगै मिलेर अघि बढ्नुपर्छ भन्दै दबाब दिन सुरु भएको देखिन्छ । ओली निकट नेता, कार्यकर्ताहरुले पनि ‘प्रचण्डलाई देख्यौ त’ भन्दै माधब समूहका नेता कार्यकर्तालाई निकट बनाउन थालिसकेका छन् ।

ओली र माधब निकट एउटा बलियो समूह बिगतदेखि नै ओली–माधबको एकता प्राकृतिक हुने बताउँदै आएको छ । सैद्धान्तिक, नीतिगत र कार्यक्रमिक मान्यताका आधारमा समेत ओली–माधब समूह निकै नै नजिक देखिन्छन् । यदि पार्टी बिभाजन भइहालेमा पूर्बएमाले एक ठाउँमा आउनुपर्छ भन्ने चर्चा भित्रभित्रै चलिरहेको पनि छ । ओली र नेपाल समूहका जनबर्गीय संगठनका बहुसंख्यक कार्यकर्ताहरु यही मान्यता बोकिरहेको देखिन्छ । यस्तो अबस्थालाई प्रचण्डको अस्थिर चरित्रले थप मलजल गरेको छ । ओलीनिकट समूहले प्रचण्डको यो चरित्रलाई नेपाल समूहमा तल–तलसम्म अभियानकै रुपमा प्रचार गरिरहेको छ र उनीहरुलाई प्रचण्डप्रति अबिश्वास र अनास्था जगाउने काम गरिरहेको छ ।

नेपाल समूहले आफूलाई अबिश्वास गर्न थालेको कुरा प्रचण्ड र उनी निकटलाई देखाउन र महसुस गराउन प्रयत्न हुन थालेको छ । यसले प्रचण्ड र उनीनिकट नेता, कार्यकर्ताहरुसमेत हतोत्साहित बन्ने र ओलीको फेरो समाप्त आतुर गर्न सक्ने परिस्थिति बन्न जान्छ । यसरी ओलीमाथि हाबी हुन लागेका प्रचण्ड–माधब समूह उप्रान्त कहिले एक ठाउँमा आउन नसक्ने गरी बिभाजन हुनेदिशातिर नेकपाभित्रको राजनीतिउन्मुख हुन थालेको महसुस गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij