२०८३ साउन ९ शनिबार

प्यूठानको स्वर्गद्वारीमा विभत्स ट्याक्टर दुर्घटना, ओसिस निर्माणमा काम गर्ने ७ जना मजदुरको मृत्यु

ई आर्थिक    आइतबार, साउन ४ २०७७
5.9K
Shares
प्यूठानको स्वर्गद्वारीमा विभत्स ट्याक्टर दुर्घटना, ओसिस निर्माणमा काम गर्ने ७ जना मजदुरको मृत्यु

सांकेतिक तस्विर

ई–आर्थिक, प्यूठान : प्यूठानको स्वर्गद्वारीमा विभत्स ट्याक्टर दुर्घटना भएको छ । उक्त दुर्घटनमा परी दुर्घटनास्थलमै ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने ओसिस कन्स्ट्रक्सन नामको निर्माण कम्पनीमा काम गर्ने मजदुरहरु रहेका छन् । ती मजदुरहरु उक्त निर्माण कम्पनीमार्फत भिंगृ– स्वर्गद्वारी सडक बनाउन खटिएका कामदारहरु हुन् ।

स्वर्गद्वारी नगरपालिका २ स्थित भिंगृ–स्वर्गद्वारी सडकखण्डको रुमालेमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टर घुम्तीबाट करिब ३ सय मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

मृत्यु हुनेहरु रोल्पा रुम्टीगढी गाउँपालिका ५ का ६ जना र रोल्पाकै त्रिवेणी गाउँपालिका चालक रहेका छन् ।

मृत्यु हुनेहरुको पहिचान समेत खुलिसकेको छ । मृत्यु हुनेमा रोल्पा रुम्टगढी गाउँपालिका ५ का वर्ष २१ का सागर बस्नेत, वर्ष २४ का रिमबहादुर बस्नेत, वर्ष २५ का कबिराम बस्नेत, वर्ष १९ का बिरेन्द्र बाठा मगर, वर्ष १९ का थमन बाठा मगर, उमेर नखुलेका गोर्बधन बुढामर रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक वर्ष २५ कमल कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

सडक निर्माणको काम गर्ने कामदारहरु साउने सङ्क्रान्ति मनाएर काममा फर्कने क्रममा ट्याक्टर दुर्घटनमा परेको थियो ।

सोही दुर्घटनामा रोल्पाकै विशाल थापा हाम फालेर बाँच्न सफल भएका छन् । प्रहरी, स्थानीय, नेपाली सेना आइतबार सबेरै पुगेर शव निकाल्ने काम गरिरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij