२०८३ साउन ९ शनिबार

नेपालमा कोरोना : चौबिस घण्टामा ७० जनामा मात्रै संक्रमण पुष्टि, कुल संक्रमित १६ हजार ७१९

ई आर्थिक    शनिबार, असार २७ २०७७
3.5K
Shares
नेपालमा कोरोना : चौबिस घण्टामा ७० जनामा मात्रै संक्रमण पुष्टि, कुल संक्रमित १६ हजार ७१९

ई-आर्थिक, काठमाडौँ । पछिल्लो २४ घण्टामा ७० जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा तीन हजार छ सय ४८ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ७० जनामा मात्रै संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कुल संक्रमित १६ हजार ७१९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

शनिबार चार सय ३१ जना कोरोना निको भएर घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या आठ हजार चार सय ४२ पुगेको उनले जानकारी दिए।

कोरोनाबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij